मिथुन चक्रवर्तीको बीजेपीमा, चुनाव लड्ने संकेत

17.4k Shares

बलिउडका प्रसिद्ध अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (बीजेपी)मा प्रवेश गरेका छन् । आज दिउँसो पश्चिम बंगालको राजधानी कोलकातामा चक्रवर्तीलाई बीजेपीमा प्रवेश गराइएको हो ।
बीजेपीका महासचिव कैलाश बिजयबर्गीयले चक्रवर्तीलाई पार्टीको सदस्यता दिएका थिए । चक्रवर्ती आसन्न विधानसभा चुनावमा उम्मेद्वार बन्ने अनुमान गर्न थालिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कोलकातामा आयोजना हुने चुनावी र्यालीमा भाग लिन आउनु अघि चक्रवर्ती बीजेपीमा प्रवेश गरेका छन् ।
पश्चिम बंगालमा कम्युनिस्ट सत्ता ढलेपछि ममता बेनर्जीको तृणमूल कांग्रेसले सत्ता चलाउँदै आएको छ । आसन्न विधानसभा चुनावमा बीजेपीले तृणमूललाई चुनौति दिइरहेको छ ।

सम्बन्धित समाचार