जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

17.5k Shares

काठमाडौं । तारकेश्वर नगरपालिका–८, जरंखुस्थित खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको चपुर नगरपालिका–३ घर भएका ३५ वर्षीय दिलबहादुर तामाङसमेत ९ जना रहेका छन् । उनीहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६०० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित समाचार