कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

23k Shares

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत पाएका छन् ।  मुख्यमन्त्री थापाले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाध्यक्ष इस्राइल मन्सुरीसहित ४७ सांसदको समर्थनमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

सभाध्यक्ष मन्सुरीले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई मत दिएका हुन् । सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको पक्षमा ४७ पुगेको हो । योसँगै सभाध्यक्षले बराबरी भएमात्रै मत दिन पाउने संविधानको धारा १८६ मा व्यवस्था छ ।

संविधानको धारा १८६ को विपरीत सभाध्यक्षले मुख्यमन्त्रीलाई मत दिएका हुन् ।

सम्बन्धित समाचार