प्रथम बीपी स्मृति फुटसलको उपाधि चापागाउँ टीमलाई

22.2k Shares

ललितपुर । नेपाल विद्यार्थी संघ ललितपुर क्षेत्र नम्बर १ चापागाउँमा  महामानव विश्वेश्वर प्रसाद कोइरालाको सम्झनामा आयोजित  प्रथम बीपी स्मृति फुटसल प्रतियोगिता हिजो शनिबार सम्पन्न भएको छ ।
सो प्रतियोगिताको फाइनलमा चापागाउँ टीमले मानिखेल टिमलाई पराजित गरी प्रथम भएको छ  भने लेलेले तेस्रो स्थान हासिल गर्न सफल बनेको छ । 
सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई  प्रमुख अतिथी पुर्बमन्त्री खेलकुद बिभाग प्रमुख मोहन बहादुर बस्नेतm  विशिष्ट अतिथी नेपाली कांग्रेस ललितपुर सभापति तथा पुर्ब माननीय मदन बहादुर अमात्य, राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष नेपाली कांग्रेस खेलकुद बिभाग सचिब मीन कृष्ण महर्जन र गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले बिजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित मेडल ट्रफी प्रमाणपत्र बितरण गरेका थिए ।
सो प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ७५ हजार दोस्रो हुने टीमलाई ५० हजार र तेस्रो हुने टीमलाई २५ हजार प्रदान गरिएको थियो । त्यस्तै चपागाउँका वाङ्गेल लामा ५ हजार नगद सहित उत्कृष्ट खेलाडी घोषित भए । यस्तै ५ हजार नगद सहित आश्राङ्कका बिबेक तामाङ उत्कृष्ट किपर घोषित भएका थिए भने खेल अबधि भरी २० गोल गरि सर्बाधिक गोलकर्ता मानिखेलका अरुण लामा नगद ५ हजार सहित पुरस्कृत भएका छन् । 

सो कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी बस्नेतले अब आउने निर्बाचनमा कांग्रेसको बहुमत आउने र खेलकुद मन्त्रालयको नेतृत्व कांग्रेसले गर्ने तत्पस्चात खेलकुदमा र  भ्रस्टाचार ओलम्पिक कमिटीमा भएको चरम भ्रस्टाचारको छानबिन गरि दोषीमाथी कारबाही गर्ने समेत बताए । आफू कांग्रेसको  खेलकुद बिभाग प्रमुख भएपछि लकडाउनको बाबजुद पनि देशै भरी खेलकुद प्रतियोगिता रक्तदान र नेपालमा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा नगद पुरस्कार सहित सम्मान गरेको उनले स्मरण गराएका थिए । बस्नेतले राष्ट्रको पहिचान गराउने भनेकै खेलाडीहरु नै हो । त्यसैले राष्ट्रले खेलाडीको सम्मान गर्नु पर्ने र खेलाडीहरुको जिविका उत्पादन गर्न आफू सधै तम्तयार रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि मदनबहादुर अमात्यले कम्युनिस्टहरुले नेपाली खेलाडी माथी शोषण गरेको खेलको नाममा भ्रष्टाचार गरेको र यिनिहरुले सिकेकै यस्तै मात्र हो यिनिहरु देश बिकास गर्न आएका होइन नेपाली जनतालाई शोषण गर्न आएको अमात्यले बताए । कार्यक्रमको सभापतित्व नेपाली विद्यार्थी संघ ललितपुर क्षेत्र नम्बर १ अध्यक्ष राज कुमार थिङ्ले गरेका थिए भने कार्यक्रम संचालन नेपाली विद्यार्थी संघ जिल्ला सचिब दिपक घिमिरे (समिर) गरेका थिए ।

सम्बन्धित समाचार