कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

17.4k Shares

काठमाडौँ । कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताए । 

गत वर्ष ४ हजार १७९ विद्यार्थीले उक्त जीपीए ल्याएका थिए । 

त्यस्तै १ लाख ८२ हजार ९२६ विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको सदस्य सचिव अर्यालले बताए । गत वर्ष १ लाख ८८ हजार ४१० विद्यार्थीले एनजी ल्याएका थिए । जुन जम्मा विद्यार्थीको ५१.९० प्रतिशत थियो । यो वर्ष भने ४९.०९ प्रतिशत रहेको बोर्डले जनाएको छ । 

गत वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ

सम्बन्धित समाचार