ताप्लेजुङमा छोराले गरे आमाको हत्या

17k Shares

ताप्लेजुङ, २९ साउन । मैवाखोला गाउापालिका–५ फाकुम्वाका एक युवकले आमाको हत्या गरेका छन्। ३३ वर्षीय डिल्लीकुमार लिम्बूले आमा धनमाया लिम्बूको धारिलो हतियार (बाम्फोक) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

अभियुक्त डिल्लीकुमारलाई बाम्फोकसहित प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुशराम कार्कीले बताए।

हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। सोमबार बिहान साढे १० बजे हत्या भए पनि स्थानीयले मध्याह्न १२ बजे सााघु प्रहरी चौकीमा खबर गरेका थिए।

सम्बन्धित समाचार