खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको मूल्य बढ्यो

16.5k Shares
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँ सिलिन्डरमा र पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
नयाँ मूल्य अनुसार अब उपभोक्ताले एक लिटर पेट्रोलको मूल्य ११२ र डिजेल र मटटीतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य पनि बढेर प्रति सिलिन्डर १ हजार ४०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
सम्बन्धित समाचार