उपसभामुख मगरद्धारा व्यवसायी जिवन थापालाई 'विशेष सम्मान २०८०' द्वारा सम्मानित

19.9k Shares

काठमाडौँ । साँस्कृतिक कला विकास समूह, नेपालद्धार आयोजित एक कार्यक्रममा व्यवसायी जिवन थापालाई विशेष सम्मान प्रदान गरिएको छ । शनिबार काठमाडौँ जमलअवस्थित राष्ट्रिय नाचघरमा बोन म्यारो पिडीत खुश थापाको सहयोगार्थ आयोजना गरिएको 'विविध सांस्कृतिक कार्यक्रम २०८०' मा व्यवसायी तथा समाजसेवी थापालाई प्रमाणपत्र सहित विशेष सम्मान प्रदान गरिएको हो । थापाले समाजमा पुर्याउने  भएको योगदानकाे कदर गर्दै संस्थाले सम्मानपत्रद्धारा बिशेष सम्मान प्रदान गरेको हो । 
माननीय उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रमा अरु अतिथीहरुमा ग्रेटर नेपाल आन्दोलनका संयोजक सुरेन्द्र ढकाल, बरिष्ठ बौद्धिस्ट गुरु लाक्पा तामाङ लगायत अन्य बुद्धिजीबी तथा सामाजिक अभियन्ता अतिथीका रुपमा हुनुहुन्थ्यो । कार्यक्रमको सभापतित्व संस्थाका कोषाध्यक्ष रञ्जु राईले गर्नुभएको थियो भने संयोजकको रुपमा संस्थाका अध्यक्ष दिल बहादुर कटुवाल (एचमएडीबी)ले सम्हाल्नुभएको थियो ।
कार्यक्रममा सम्मानित जिवन थापा स्वाद द रियल टेस्ट भान्छा घरका सञ्चालक तथा अजन्ता टुर्स एण्ड ट्रान्सपोर्ट सर्भिस प्रा.लि. का मालिक हुनुहुन्छ र समाजसेवामा सदैव समर्पित रही कार्य गर्दै आउनुभएको छ ।

IMG_1523.jpg

IMG_1570.jpgIMG_1504.jpgIMG_1561.jpg

सम्बन्धित समाचार