काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र असन्तुष्टि चुलिँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलका नेता बहादुर सिंह लामाको असक्षमताका कारण असन्तुष्ट बनेका छन् ।
बजेटको विषयलाई लिएर पार्टी सभापति देउवालाई बागमती प्रदेशका अधिकांश सांसदहरुले भेटी लामाले गरेको गतिविधिप्रति गुनासो पोख्दा देउवा लामाप्रति निकै आक्रोसित बनेका छन् । त्यसैकारण पनि देउवा निकट मानिने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई दलको नेता बनाउन देउवा तयारी अवस्थामा देखिन्छन् ।
पछिल्लो समय संसदीय प्रक्रियामा कमजोरी भएको भन्दै संसदीय दलभित्र सांसदहरुले बैठकमै हानाहानको अवस्था सिर्जना भएको थियो । बागमती प्रदेशमा कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन सरकार छ । बागमती प्रदेशमै सबैभन्दा ठूलो दलको हैसियत बहादुर सिंह लामाले खासै राम्रो भूमिका निभाउन नसकेको आरोप छ । बजेट विनियोजनमा लामाको माओवादीको अगाडि केही सिप चलेन ।
बजेट विनियोजनकै विषयलाई लिएर बसेको नेपाली कांग्रेसको संसदीय दलको कार्यालय हेटौंडामा बसेको बैठकमा सांसदहरुले चर्को आलोचना गर्नुका साथै हातै हालाहालको अवस्था सिर्जना भएको थियो ।
सरकार गठन, मन्त्रिपरिषदलाई पूर्णता, मन्त्रालयको बाँडफाँट, मन्त्रीहरुको कार्य विभाजन, संसद बैठकमा उपस्थिति तथा प्रस्तुति र संसदीय समितिको गठन, सभापतिको विषयहरुमा दलको नेताको फितलो प्रस्तुतिले अधिकांश सांसदहरु रुष्ट बनेका छन् ।
एक महिना अगाडि विना विभागीय मन्त्री भएका ललितपुर जिल्लाका माननीय तथा दलका उपनेतासमेत रहेका रामकृष्ण चित्रकार अहिलेसम्म मन्त्रालयविहिन छन् । त्यसमा पनि दलका नेता लामाको फितलोपना देखिएको छ ।
बढ्दो असन्तुष्टिका बीच दलको नेता परिवर्तनको तयारीको विषयमा पनि छलफल भएको संसदीय दलको निर्वाचनमा बहादुरलाई नै सहयोग गरेका एक सांसदले बताए । सरकार गठन, मन्त्रालय भागबण्डा, मन्क्री नियुत्ति, बजेट निर्माण तथा विनियोजनमा समन्वय नगरेको भन्दै दलको नेताप्रति कांग्रेस सांसदहरुको सार्वजनिक रुपमै असन्तुष्टि पोखेका थिए
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिं लामा छन् । उनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा समेत छन् । लामाले संसदीय दलको नेताको निर्वाचनमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गरेका थिए । लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाएका थिए । बानियाँ प्रदेशसभाको पहिलो कार्यकालमा संसदीय दलको नेता समेत थिए ।
आरजु राणाको प्रत्यक्ष हस्तक्षेप हुनुका साथै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, असफल नेत्रीको रुपमा आफूलाई परिचित बनाइसकेकी डिना उपाध्याय, प्रकाशशरण महत निर्वाचन स्थल हेटौंडामा स्वयम् उपस्थित भई शक्तिको दुरुपयोग गर्दै बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ तीन मतले मात्र पराजित गराउन सफल बनेका थिए ।
संसदीय दलका नेता बहादुर सिंको पछिल्लो गतिविधि देखेर बहादुरलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाका आरजु, बस्नेत, उपाध्याय र महत अहिले आएर गलत मान्छेलाई सिफारिस गरिएछ भन्दै असन्तुष्ट बनेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने बानियाँलाई दलको नेता बनाउन देउवा तयार देखिन्थे । किन कि गएको नेपाली कांग्रेसको चाधौं महाधिवशेनमा देउवालाई सभापति बनाउन बानियाँले ठूलो भूमिका निर्वाह गरेका थिए ।
बागमती प्रदेश संसदीय दलको निर्वाचनमा राणा, महत, बस्नेत र उपाध्याय निर्वाचतस्थल हेटौंडामा स्वयम् उपस्थित भई प्रत्येक सांसदलाई शक्तिको दुरुपयोग गर्दै प्रभावमा पारेर बहादुर सिंह लामालाई जिताउन लागिपरेका थिए ।
उनै बानियाँको नेतृत्वमा बागमती प्रदेशलाई कांग्रेसमय बनाएका थिए । बानियाँलाई दलको नेताबाट पराजित बनाउन लागिपरेका राणा, महत, बस्नेत र उपाध्यायले अहिले आएर गलत मान्छेलाई जिताएको भन्दै पछुतो मानिरहेका छन् ।
बानियाँकै मेहनत र परिश्रमका कारण अहिले बागमती प्रदेशमा कांग्रेस सबैभन्दा ठुलो दल छ । ठुलो दलको हैसियतले संसदीय फ्रक्रियामा सशत्त उपस्थिति हुनुपर्नेमा त्यसो हुन नसकेको कांग्रेसका कतिपय सांसदको भनाइ छ । संसदीय दलमा राजनीतिक, प्रशासनिक र व्यवस्थापकीय विषयबारे छलफल नै नहुने गरेको सांसदहरुको गुनासो छ । दलको नेताले अन्य दलहरुसँग गरेको सम्झौता विपरीत कुनै पनि सदस्यलाई आफ्ना भनाइ राख्न समेत रोक लगाउने गरेको सांसदहरु बताउँछन् । अहिले आएर उनै बहादुरलाई भोट हाली जिताउने सांसदहरु नै बानियाँ जस्तो साहसीक नेतालाई दलको नेता नबनाउँदा अहिले बागमती प्रदेशमा कांग्रेस छायाँमा परेको बताउँछन् ।
दलको नेता अनुभवी र क्षमता सुन्य भएको हुँदा सरकार गठन, मन्त्रिपरिषद विस्तार र मन्त्रालय भागबण्डामा कांग्रेस कमजोर देखिएको प्रदेश सरकारका एक मन्त्रीले बताए । उनले दलको नेताले आफ्नो धारणासहित गठबन्धन दलसँग अडान लिन नसक्दा बिना विभागीय मन्त्रीले जिम्मेवारी पाउन नसकेको र बजेट निर्माणको प्रक्रियामा समेत भाग लिन नपाएको ती मन्त्रीले बताए ।
‘दलको नेता दमदार हुन सकेन । त्यसको असर सरकारमा देखिएको छ । दलको नेताले दमदार तरिकाले आफ्नो अडान कायम राखेर अघि बढेको भए सरकारको नेतृत्वमा कांग्रेसले लिने बलियो सम्भावना थियो,’ उनले भने, ‘संसदीय दलको नेताको प्रस्तुति कमजोर बन्दा सबैभन्दा ठुलो दल कांग्रेसले कमजोर मन्त्रालयको नेतृत्व पाएको छ ।’ कांग्रेसका एक मन्त्री अझै विभाग विहीन अवस्थामा बस्नु परेको उनको भनाइ छ । उनले भने, ‘ दलको नेता चयन गर्ने समयमा गलत निर्णय लिइएछ ।’ सक्षम व्यक्तिलाई दलको नेता बनाउन नसक्दा आज बागमती प्रदेशमा सबैभन्दा ठूलो दल भए पनि हैसियत भने कम्जोर बनेको छ । बागमती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले त दलको बैठकमा लामालाई दलाल नै शब्द प्रयोग गरेका थिए ।
कांग्रेसका सांसद छिरिङ दोर्जे लामाले दलको नेता असक्षम भएका कारण संसदीय प्रक्रियामा कांग्रेसको भूमिका कमजोर देखिन गएको बताए । दलको नेताले समन्वय गर्न नसकेका कारण बजेटमा पनि त्रुटि देखिएको उनको भनाइ छ ।
‘संसदीय प्रक्रियामा कांग्रेस कमजोर बनेको होइन । तर, संसदीय दलभित्र समस्या छन्,’ छिरिङले भने, ‘संसदीय दलको नेताले सरसल्लाह र समन्वय गर्नुपर्ने हुन्छ, तर त्यो चाहिँ पटक्कै देखिएन ।’ संसदीय दलको बैठकमा पनि विभिन्न विषयमा असन्तुष्टि आएको छिरिङले बताए । अब यसको विकल्प भनेको अविश्वासको प्रस्ताव नै हो ।