बझाङमा एक महिलाको शव फेला

17.7k Shares

बझाङ, २५ असार ।  बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बिच भागको टापुमा नामथर, वतन नखुलेकि अन्दाजी ४० वर्षीय महिला मृत अवस्थामा सोमबार फेला पारेको बझाङ प्रहरीले जनाएको छ ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बझाङले  थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार