कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

17.1k Shares

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सोमबार दोस्रो दिन पनि सुनुवाइ हुन सकेन । उक्त रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएकोमा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि सुनुवाइ हुन नसकेको हो ।

यसअघि आइतबार पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट निवेदन दर्ता गराएका थिए । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् ।

संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाई समेत समावेश गर्नु संविधान विपरीतको कार्य भएको रिट निवेदकको दाबी छ ।

 
सम्बन्धित समाचार