तस्करीमा एसपी काफ्लेको अंगरक्षक सक्रिय

19.6k Shares

सप्तरी , ५ भदौ  । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेको नाम भजाउदै उनकै अंगरक्षक प्रहरी सहायक निरीक्षक उदय सिंह राजपुत कमाउ धन्दामा लागेका छन् । सप्तरीको बिभिन्न नाका हुदै बढ्दै गएको तस्करीको मुख्य कारण पनि प्रहरी सहायक निरीक्षक सिंह नै रहेको श्रोतहरुले दावी गर्न थालेका हुन् ।

सप्तरीको प्रहरी चौकी झुटकी, इलाका प्रहरी कार्यालय सखरा, तिलाठी भन्सार, राजपुर मनहनिया, इलाका प्रहरी कार्यालय हनुमाननगर र इलाका प्रहरी कार्यालय भारदहको क्षेत्रहरुमा तस्करका मुख्य नाइकेहरुसँंग प्रहरी उपरीक्षक काफ्लेको नाम भजाउदै मासिक नजराना बुभ्mदै आएको रहस्य उजागर भएको छ । प्रहरी उपरीक्षक अभिनारायण काफ्ले संगठन भित्र इमान्दार र कर्मठ प्रहरी उपरीक्षकको रुपमा मानिएपनि उनकै अंगरक्षक बताउने प्रहरी सहायक निरीक्षक उदय सिंह राजपुतले तस्कर र प्रंहरीको साँठगाँठ मिलाउने भएका कारण तस्करीको कार्यलाई निरन्तरता दिएको बताइन्छ ।

सप्तरीको नामुद मदिरा तस्करको रुपमा चिनिने ललन, विश्व, बिरेन्द्र, रोशनहरुसँग मासिक लाखौ रुपैयाँ नजराना बुझी मदिरा तस्करीको लाइन चलाएको बारे व्यापक चर्चाको बिषय बनेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक सिंहले आफ्नो वर्दीको आडमा सप्तरीको प्रायः सबै नाकाबाट तस्करको लाइन नै संचालन गराएको श्रोतको दावी रहेको छ । काजमा कार्यरत रहेको प्रहरी सहायक निरीक्षक सिंहको काज अवधि समाप्त भएपनि दरबन्दी फिर्ता समेत नगएको रेकर्डबाट प्रमाणित हुन्छ । यतिसम्म मात्र नभई प्रहरी चौकी मलहनियामा कार्यरत रहँदा महिला तस्करसँग रकम लिएर मालसमान पक्राउ गरेको आरोप लगाउदै महिलाहरुले कुटपिट समेत गरेको तथ्य उजागर भएको छ । प्रहरीको नाममा आतंक मचाउने भ्रष्ट प्रहरी सहायक निरीक्षक के कसरी प्रहरी उपरीक्षकको अंगरक्षक बताउदै रकमी आतंक मचाएको बारे चर्चाको बिषय बनेको छ ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अभिनरायण काफ्ले लगायत मधेस प्रदेश प्रहरी कार्यालयको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

सम्बन्धित समाचार