केपी ओलीको सडकछाप पार्टीमा पाँच हजार केन्द्रीय सदस्य पुग्‍न सक्छन् : नेपाल

16.9k Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको दर्जा दिएका छन् । गत असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई सोही दर्जा दिएका थिए ।
काठमाडौंको पार्टी जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनुभएको छ । सदस्यलाई बढाएर १५ सय पुर्‍याउनुभएको छ । सुन्दैछु- २५०० पुर्‍याउँदै हुनुहुन्छ । त्यतिले पनि पुगेन भने ५००० पुर्‍याउने होला । उहाँको सडकछाप पार्टीमा को-को छन् हेर्दै जानुहोला । त्यहाँबाट केही फर्किंदै हुनुहुन्छ  । त्यो पार्टी पौवा होइन सडकको धुलोमा पुग्नेछ ।”
उनले केपी ओली एक्लिएको पनि जिकिर गरे । “तानाशाहीहरू निरीह हुन्छन् । हेर्नुहोला उहालाई एकदिन निरीह भएको पाउनुहुनेछ,” उनले टिप्पणी गर्दै भने, “ओली गुट गलत बाटोमा छ । ओली गुटले फैलाएको भ्रम चिर्नुपर्छ ।”
उनले ओली झुटको पुलिन्दा पस्कन माहिर भएको पनि बताए । उनले ओलीलाई खेलाडीको दर्जा पनि दिए । 

सम्बन्धित समाचार