महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

16.9k Shares

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई कालिकोट जिल्लाका पाँच विद्यार्थीहरूको प्लस टू वा डिप्लोमा अध्ययनमा सहयोग पु¥याउनका लागि दुई लाख पचास हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।  

बैंकले कालिकोट जिल्लाका सरकारी विद्यालयबाट एसइई उत्तीर्ण गरी काठमाडौँ वा अन्य जिल्लामा गई थप अध्ययन गर्न इच्छुक तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सिटिईभिटि अन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँच जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई दुई लाख पचास हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

सम्बन्धित समाचार