पर्यावरण मुद्धामा बेलायती विकास मन्त्रीले दिए राजिनामा

17.8k Shares

लन्डन, १६ असार । बेलायती विकास मन्त्रीले राजिनामा दिएका छन् । पर्यावरणको मुद्धालाई लिएर विकास मन्त्री ज्याक गोल्ड स्मिथले राजिनामा दिएका हुन । प्रधानमन्त्री ऋषि सुनकको सरकारमा रहेका राष्ट्रमण्डल विकास मन्त्री ज्याक गोल्ड स्मिथले वातावरणको मुद्दामा सरकार उदासीन रहेको भन्दै राजीनामा दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन । जुन राजिनामा कारण प्रधानमन्त्री सुनक स्तब्ध हुन पुगेका छन् ।


तर सुनकले वातावरणकाे मुद्दामा नभइ संसदकाे अधिकार क्षेत्रका बारेमा गरेकाे टिप्पणीलाइ लिएर उनले राजिनामा गरेकाे जानकारी दिएका छन् । भने, ‘गोल्डस्मिथलाई हाउस अफ कमन्सको विशेषाधिकार समिति विरुद्ध उनको अनुपयुक्त टिप्पणीको लागि माफी माग्न भनिएको थियो।’ तर उनले माफी नमागी राजिनामा दिएका हुन ।  समितिले पूर्वप्रधानमन्त्री बोरिस जोनसनले पार्टीगेट काण्डबारे संसदमा झुट बोलेको हो कि भनेर अनुसन्धान गरिरहेको छ । साेही बिषयमा क्षेत्राधिकार नाघेर मन्त्री स्मिथले टिप्पणी गरेकाे जनाइएकाे छ । 

सम्बन्धित समाचार