कांग्रेस खेलकुद विभागद्वारा खेलाडी सम्मानित

20.9k Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
विभागले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार एक कार्यक्रम गर्दै स्वर्ण पदक विजेता ८० जना खेलाडीलाई प्रमुख अतिथि कांग्रेस पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नगदसहित सम्मान गरेको हुन् ।
विभागले सागमा ४ वटा स्वर्ण पदक जित्ने गौरिका सिंहलाइ २५ हजार रुपैयाँ प्रदान गरेको छ भने २ वटा पदक जित्ने तेक्वान्दोका आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङला १५ हजार रुपैयाँले सम्मान गरेको हो ।
एउटा पदक जित्ने खेलाडीलाई भने १० हजार रुपैयाँ प्रदान गरेको छ । सागको टिम इभेन्ट फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही १० हजार रुपैयाँले सम्मान गरेको हो । सागमा रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने खेलकुद विभागका प्रमुख पूर्व मन्त्री मोहन बस्नेतले स्वागत मन्तव्यको क्रममा बताएका हुन् ।
सो कार्यक्रममा समाजिक कार्यमा योगदान गर्ने समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ललितपुका विष्णु तिमल्सिना, नविन्द्रदेव सिंह, विनोद महर्जन, हिराकाजी महर्जन लगायत रहेका छन् ।

सम्बन्धित समाचार