दक्षिण ललितपुरमा नेकपालाई ठूलै झट्का

17k Shares

ललितपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढिरहेका बेला मुलुकभर नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेक्रम बढिरहेको छ ।
पछिल्लो समय ललितपुरको दक्षिणी भेग ललितपुर क्षेत्र नं. १ मा नेकपालगायत अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ । 
२०५२ सालदेखि तत्कालीन माओवादीमा लागेका र गत स्थानीय निर्वाचनमा बागमती गाउँपालिका–५ इकुडोलको वडाध्यक्षका उम्मेदवार ओमप्रसाद तिमल्सिना ‘आकाश’, बागमती गाउँपालिका— ४ प्युटारमा नेकपा एमालेको उम्मेदवार राजकुमार लामासहित सयौं नेकपा नेता तथा कार्यकर्ता मंसिर ४ गते शनिबार कांग्रेसमा प्रवेश गरेका हुन् ।ले कालीदेवी मावि प्यूटारमा आयोजना गरेको नेपाली कांग्रेसका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टी प्रवेश गराइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तरुण विभाग प्रमुख, प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले नवप्रवेशीलाई पार्टीमा खादा ओढाई स्वागत गरेका थिए भने विशिष्ठ अतिथि ललितपुर जिल्ला सभापति तथा पूर्व सांसद मदनबहादुर अमात्यले टिका लगाई स्वागत गरेका थिए ।
प्रमुख अतिथि शंकर भण्डारीले मन्तव्यको क्रममा नेपालको पहिचान भनेको सनातन धर्म हो । नेपालमा सनातन धर्मअन्तर्गत किराँत, बौद्ध, जैनलगायतका धर्मावलम्बीहरु रहेकाले सनातन धर्मलाई आउँदै गरेको नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा यसलाई नै मुख्य एजेन्डा बनाएर जानुपर्ने भण्डारीले बताएका थिए ।
सो कार्यक्रमको अन्य विशेष अतिथिहरुमा पूर्व अर्थराज्यमन्त्री तथा तरुण दल पूर्व अध्यक्ष उदयशम्सेर राणा, खेलकुद विभाग केन्द्रीय सचिव तथा महासमिति सदस्य मनिकृष्ण महर्जन, महासमिति सदस्यहरु मथुराप्रसाद घिमिरे, ऋषिराम घिमिरे, महाधिवेशन प्रतिनिधि खेमप्रसाद घिमिरे, जिल्ला सदस्यहरू रबिन्स शर्मा, गणेश केसी, रामकृष्ण हुमागाई, प्रभाकर पोखरेल, सानुकान्छा मोक्तान, सानुभाई पहरी, क्षेत्रीय सभापति राजन घिमिरे, प्रदेश निर्वाचन क्षेत्र १ सभापति सुन्दरमान थिङ, प्रदेश निर्वाचन क्षेत्र २ सभापति रामकृष्ण लामा ‘ईन्द्र’, क्षेत्रीय सचिव मथुरा शर्मालगायत थुप्रै नेता तथा कार्यकर्ताहरुको उपस्थिति  थियो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर मुन्ना अधिकारी, बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन, उपाध्यक्ष रञ्जना घिमिरे, वडाध्यक्ष विजयकुमार लों, तिर्थ घलान, तिलक बोम्जन समेतको उपस्थिति रहेको थियो ।
उक्त प्रबेश कार्यक्रम नेपाली कांग्रेस युवा नेता केन्द्रिय  खेलकुद बिभाग सचिब मीन कृष्ण महर्जनको विशेष भुमिका रहेको थियो । सो प्रवेश कार्यक्रममा ओमप्रसाद तिमल्सिना ‘आकाश’, राजकुमार लामालगायतका नेकपाका लोकप्रिय नेताहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराउन महर्जनको विशेष भुमिका रहेको थियो । 

सम्बन्धित समाचार