ललितपुर/ग्वार्को अवस्थित क्वेस्ट इन्टरनेशनल कलेजमा पोष्ट बजेट प्यानल छलफल एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रममा सम्मानित प्यानल सदस्यहरू, प्रा.डा. कुसुम शाक्य (डीन, मानविकी तथा सामाजिक विज्ञान संकाय, त्रिवि), प्रा डा शिवराज अधिकारी (प्रमुख, अर्थशास्त्र केन्द्रीय विभाग, त्रिवि), सहायक प्राध्यापक निरज पाैड्याल (पिएचडी त्रिवि) साथै अन्य प्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अतिथीहरुले आफ्नो अमूल्य मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
यस्तैमा क्वेष्ट कलेज आरएमसी का प्रमुख डा. डेभिड कुमार बस्यालले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुहुँदै आफ्नो विचार तथा अनुभवहरूलाइ प्रस्तुत गर्नुहुँदै सबैलाइ उत्प्रेरित गर्नुभयाे ।
साथै, प्यानल छलफलमा सक्रिय सहभागिता सबै विद्यार्थीहरूले कार्यक्रमबाट आफुले धेरै कुरा सिकेको अनभुव साट्नुभएको थियो ।



