सगरमाथा आरोहणका क्रममा एक चिनियाँ नागरिकको मृत्यु

18.2k Shares

काठमाडौं, ४ जेठ। सगरमाथा आरोहणका क्रममा एक जना चिनियाँ आरोहीको मृत्यु भएको छ । गरमाथा आरोहणका क्रममा साउथ कोलमा ती चिनियाँ आरोहीको मृत्यु भएको हो । मृतक चिनियाँ आरोहीको नाम र उमेर खुलेको छैन । सगरमाथाको चुचुरोमा पुग्न केही मिटरमात्रै बाँकी रहेका बेला ती चिनियाँ आरोहीको स्वास्थ्यमा समस्या देखिएको थियो ।

आरोहणका क्रममा उचाइँ बढ्दै गएपछि अक्सिजनको कमी हुँदा स्वास्थ्य समस्या देखिन्छ । त्यही समस्याले ती चिनियाँ आरोहीको मृत्यु भएको बताइएको छ । पर्यटन विभागका उपसचिव युवराज खतिवडाले चिनियाँ आरोहीका विषयमा विस्तृत जानकारी लिने प्रयास भइरहेको बताए ।

 

सम्बन्धित समाचार