17.9k
Shares
काठमाडौं,१ जेठ । भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सोमबार जिल्ला अदालतमा म्याद थपका लागि रायमाझीलाई उपस्थित गराउँदा रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले तारा बराललाई पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालत परिसरमा बरालले नाराबाजी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । बरालले ‘भ्रष्टाचारी मुर्दावाद’ भनेर नारा लगाएकी थिइन् ।