मध्यराती जनरक्षामिडियाका संचालक रामशरण काफ्लेकाे घरमा चाेरी, च‍ोरी नियोजित या अन्य अनुसन्धान हुँदै

16.9k Shares

काठमाडौं, २३ । चैत २० गते मध्यराती काठमाडौंकाे वुढानिलाकण्ठ नगरपालिका   वडा नं ११ कपन स्थित जनरक्षा डटकमका संञ्चालक तथा प्रधानसम्पादक रामशरण काफ्ले क‍‍‍‍ो निवासबाट सञ्चार माध्यमका साधनहरु चोरी भएको छ । 

जनरक्षा मिडिया प्राली द्वारा संञ्चालन हुँदै आइरहेको जनरक्षा साप्ताहिक पत्रिका तथा जनरक्षा डटकम (janarakshya.com) ले   विगत तीन वर्ष देखि देशभित्र  भइरहेको  भ्रष्टाचार , अन्याय , तस्करी , मिटर व्याजि धन्दा लगाएत अन्य – अन्य  विषयमा राज्यलाइ खबरदारी गर्दै आइरहेक‍‍‍ो थियो ।यस्तै गत माघ महिना मा रसुवा बाट ६५ किलो  सुन तस्करी भएको विषयमा समेत जनरक्षा डटकमले सम्बन्धित  निकाए लाइ सुसूचित गराएको थियो ।  सुन तस्करी सम्बन्धि  समाचार प्रकाशित गरेको विषयमा सुन तस्करहरुद्वारा जनरक्षा का संञ्चालक रामशरण काफ्लेलाई फोन गरी तँ र त्यर‍ो परीवारलाई समेत खतम पार्छौ भन्दै  धम्की दिएका थिए । यसरी राज्यलाई खबरदारी गर्ने क्रममा   समाचार लेखेकै  विषयमा धम्की आए पछि जनरक्षा डटकमका संञ्चालकको ज्यु- ज्यानको रक्षाको लागि उक्त  समाचार जनरक्षा डटकम, खोजतलास अनलाइन , हाम्रो अनलाइन टिभी तथा अन्य मिडियाबाट समेत  प्रकाशित भएको थियोे ।समाचार प्रकाशित भएको करीब एक महिना पछि  नेपाल र भारतक‍ो सिमानामा १०१ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सर्वविदितै छ ।    यस्तै जनरक्षा ले विगतमा राज्यको चरम दुरुपयोग गरि गाउँपालिका अध्यक्षले  एक चेलि माथि  गरेको  यौन शोषण  , ज्यान मार्न सुपारी दिए सिन्धुपाल्चोकक‍ो झि्ङ्गेले भन्ने शिर्षकमा स- प्रमाण समाचार प्रकाशित गरि प्रहरीलाई समेत सहयोग पुर्याएक‍ो थियो । यसैगरी आर्थिक तरलताको नाममा विभिन्न सहकारीका सञ्चालकले गरेका ठगी धन्दा बारे बतचकर्तालाई विगतमा जनरक्षाले सुसूचित गराएकै हो ।  पछिल्लो चरणमा नियतवश या अन्य तरीकाले मध्येराति जनरक्षाको सञ्चार उपकरण च‍‍ोरी हुनु वा गर्नु अनुसन्धानको पाट‍ो बन्ला तर एउटा सञ्चारमाध्यमको डिभाइसमा ग‍ोप्य सुचना ,भिडियो , अन्तरसंबाद र समाचारका   विभिन्न प्रमाण हरु सुरक्षित  नै हुन्छ यसमा सम्बन्धित सुरक्षा निकाएका साथै सम्बन्धित पक्षले गम्भीर रुपमा स‍‍ोच्नु आवश्क छ । यस घट्नाक‍ो विषयमा महानगरीय प्रहरी बृत  बौद्ध ,प्रहरीप्रभाग कपन, अपराध अनुसन्धान बिभाग साथै प्रहरीका अन्य विभागले  अनुसन्धान अगाडि बढाएको जानकारी गराएको छ ।

सम्बन्धित समाचार