काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत कात्तिक ६ गते गरिएको परीक्षणमा कोरोना पोजिटिभ रिपोर्ट आएपछि उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निबारण केन्द्र काठमाडौमा भर्ना भएका थिए ।
कात्तिक १५ गतेको गरिएको पुनःपरीक्षणमा उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन । उनकी पत्नी विजया पौडेलको पुनःपरीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजिटिभ नै आएका कारण उनीहरु दुबै जना ललितपुर भैसेपाटीस्थित सरकारी निवासमा आइसोलेशनमा बसिरहेका छन् ।
मुख्यमन्त्री पौडेल र उनी पत्नीसँगै एक सुरक्षाकर्मी, दुई जना नीजि चालक र एक जना कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
हाल सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगी हेटौंडास्थित मुख्यमन्त्रीको सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् ।