काठमाडौं उपत्यकामा थपिए १८८८ कोरोना संक्रमित

21k Shares
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८८८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५०८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जना संक्रमित भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।
हाल क्वारेन्टाइनमा २ हजार ६ सय ६६ रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार