अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गर्ने

16.1k Shares

१६ चैत, काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गर्ने तयारी गरेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ– १ मा चुनाव लड्ने तयारीमा छन् । 

वाग्लेले नेता डा. शेखर कोइरालालाई म्यासेज लेख्दै आफू अब कांग्रेसमा रहन नसक्ने बताएका हुन् ।

‘प्रिय शेखर दाइ, हजुरहरूको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजू गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ वाग्लेले शेखरलाई पठाएको म्यासेजमा लेखेका छन् ।

उनी मंसिर ४ गतेको चुनावमा चितवन- १ बाट प्रतिस्पर्धा गर्न खोजे पनि विश्व पौडेललाई टिकट दिइएको थियो ।

वाग्लेनिकट स्रोतले  दिएको जानकारीअनुसार कांग्रेसमा शेखरको निर्णायक हैसियत बनेको दिन सहकार्य गर्न सक्ने शर्त पनि उनले राखेका छन् ।

अर्थशास्त्री वाग्लेलाई रोक्न कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लागिपरे पनि उनले आफू कांग्रेस छाड्ने निर्णयमा पुगिसकेको सन्देश दिएका छन् ।

सम्बन्धित समाचार