17.7k
Shares
काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो ।
त्यसमध्ये काठमाडौंमा १ हजार ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जना छन् ।
योसहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५२ हजार २ सय ३७ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।