17k
Shares
काठमाडाैं, २ चैत । फाेकस बंगलादेश ढाकाकाे आयाेजनामा बंगलादेशमा सम्पन्न ड्टस अन्तर्राष्ट्रिय मिनियचर बिषयक कला प्रदर्शनीमा नेपालकाे तर्फबाट सुरेम देशार उत्कृष्ट दशमा पर्न सफल भएका छन् ।
सात देशबाट दुई सय ललितकलाकार मध्यबाट नेपालबाट ललितपुर चापागाउँका सुरेम देशार उत्कृष्ट दसमा पर्न सफल भई पुरस्कृतसमेत भएका छन् ।
साे प्रदर्शनीमा नेपालबाट सुरेम देशार सहित बरिष्ठ कलाकार गाैतम रत्न तुलाधर ,अंकित महताे, गाैरबरत्न तुलाधर, पणरतिमा थापा, शिवानी राणा, सुष्मा श्रेष्ठ,सुष्मीता कुँवर,श्रेया श्रेष्ठ, सुकृति नकर्मी र रेनुका महर्जनकाकाे कला समाबेश गरिएकाे थियाे ।