राष्ट्रपति पौडेलसँगै जेल बसेकालाई शपथ ग्रहणमा निम्तो

16.1k Shares

काठमाडौं, २९ फागुन राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै जेलमा बसेकाहरुलाई शपथग्रहण समारोहमा बोलाएका छन् इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा डिल प्रसाद सापकोटालाई पौडेलले आफ्नो शपथग्रहण समारोहमा बोलाएका हुन्

सापकोटा बाजे भनेर चिनिने डिलप्रसादले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याएर सहयोग गरेका थिए बागलुङमा बस्दै आएका डिलप्रसादलाई पनि पौडेलले शपथ ग्रहण समारोहमा सहभागी हुन भन्दै काठमाडौं बोलाएको उनको सचिवालयले जनाएको

यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले आज दिउँसो एक बजे शीतल निवासमा शपथग्रहण गर्दैछन् शपथग्रहण समारोहमा विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायत करिब हजार सय जनालाई निम्तो दिइएको राष्ट्रपति कार्यालयले जनाएको

सम्बन्धित समाचार