सल्यानमा पहिरोले पुरिएर एक जनाको ज्यान गयो

877 Shares

काठमाण्डौ – सल्यानमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।

सल्यानको त्रिवेणी गाउँपालिका–३ लोटाउनेका १७ वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते भएको र उपचारका क्रममा ज्यान गएको सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभयो ।

भलिबल खेलेर घर फर्किदै गर्दा पुनलाई गएराति कपुरकोट गाउँपालिका–५, खारखोलामा पहिरोसँगै खसेको रुखले च्यापेको थियो ।

जिल्ला अस्पतालमा उपचारकाक्रममा पुनको गएराति १ बजेतिर ज्यान गएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार