ललितपुर । नेपाली सेना श्रीमती संघद्वारा ११३ अाैं अन्तर्राष्ट्रिय नारी दिबसकाे उपलक्ष्यमा गाेदाबरी नगरपालिका वडा नम्बर ५ मा पाठेघर र स्तन क्यानसरकाे निशुल्क स्वास्थ्य परिक्षण तथा अाैषधी बितरण गरिएकाे छ ।

गाेदाबरी नगरपालिका वडा नम्बर ५ लेलेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अायाेजित साे कार्यक्रममा २ सय ८० जना महिलाहरूले स्वास्थ परिक्षण गरेका थिए ।
नेपाली सेनाकाे सूर्य दल गण र गाेनपा- ५ लेलेकाे सहकार्यमा संचालित साे कार्यक्रमा २ सय ८० जनाले स्वास्थ चेकजाँच गर्ने क्रममा १२, १३ जनामा पाठेघर र स्तन क्यान्सरकाे समस्या देखिएकाे चिकित्सकले जानकारी गराएका छन् ।

नेपाली सेना श्रीमती संघकी सचिव साेभाना पाैडेलले साे कार्यकर्ममा भनिन् "श्रीमती संघले स्वास्थ, शिक्षादेखि लिएर देशमा परेकाे दैबिक विपत्तिमा पनि अग्रसर भई पिडितहरूलाई राहात र सहयाेग गर्दै अाईरहेकाे बताइन् ।"
साे कार्यक्रमलाई सफल बनाउनकाे लागि महत्वपुर्ण भूमिका सूर्य दलका गणपति प्रमुख सेनानी राजु कार्की तथा गाेनपा-५ का वडाध्यक्ष मिलन सिलवालले गरेकाे सहयाेगकाे नेपाली सेना श्रीमती संघकी सचिव पाैडेलले खुलेरै प्रशंसा गरेकि थिईन् ।
साे निशुल्क स्वास्थ्य परिक्षणमा गाेनपा ५ र ६ वडाका महिलाहरूले लाभ लिएका थिए । साे स्वास्थ शिविर कार्यक्रममा नारी दिबसकाे उपलक्ष्यमा अन्य कार्यक्रम भन्दा स्वास्थ शिविर गर्नाले नारी दिबसकाे सम्मान र सार्थकता हुने गाेनपा वडा नम्बर ५ का वडाध्यक्ष मिलन सिलवालले जानकारी गराए ।