सहकारीको ऋण छ महिनापछि तिर्दा हुने

17.5k Shares

ललितपुर : सहकारी संस्थाले सदस्यहरुलाई लगानी गरेको ऋणको किस्ता तिर्ने म्याद थप गर्न सहकारी विभागले निर्देशन दिएको छ । कम्तिमा ६ महिना ऋणको म्याद थप गरी सुबिधा दिन सहकारी विभागले निर्देशन दिएको हो ।

कोभिड–१९ को महामारीले सदस्यमा परेको प्रभावको कारण साँवा वा ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यहरुबाट ब्याज, अतिरिक्त शुल्क तथा जरिवाना नलिई म्याद थप गर्न निर्देशन दिएको हो ।

२०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता ऋणी सदस्यको आवश्यकता र व्यवसाय सुचारु हुन लाग्ने समय र जोखिमको मूल्यांंकन गरी सञ्चालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न सकिने सहकारी विभागमा उप–रजिष्ट्रार चोमेन्द्र न्यौपानेले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

त्यस्तै नियामक निकायको पूर्व स्वीकृती लिएर भने १ वर्षसम्म भाखा सार्न सकिने सहकारीका लागि जारी निर्देशिकामा उल्लेख छ । विभागले आव २०७६÷२०७७ को असुली हुन बाँकी ब्याज रकमलाई साउन महिना भर प्राप्त भएमा अघिल्लै आवको आम्दानी मानेर लेखांकन गर्न चाहेमा एक पटकका लागि बाधा नपर्ने पनि भनेको छ ।

सम्बन्धित समाचार