काठमाडौं । संघीय सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारीको नाम राखेर अन्य व्यवसाय गर्नेहरू अहिले समस्यामा परेको स्पष्ट पारेका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी–२०७९ मा बोल्दै उनले सहकारीको नाम राखेर अरू व्यवसाय गर्नेहरू अहिले समस्यामा परेको स्पष्ट पारेका हुन् ।
गोष्ठीमा बोल्दै उनले भने, 'अहिले जति पनि सहकारी समस्यमा छन्, ती सबै सहकारीको ऐन, नियम र मापदण्डविपरीत चलेकाले यो समस्या आएको हो। सहकारीकै रूपमा चल्ने सहकारी अहिले राम्रैसँग चलेका छन् । सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्ने हैन ।' सहकारीका व्यवस्थापकहरू नै सहकारी संस्थाप्रति जिम्मेवार नभएकाले सहकारी बिग्रिनुमा उनीहरूको हात हुने उनले बताए ।