रौतहटमा घुमुवा परिचालित सशस्त्रको उठन्ती

19.3k Shares

गौर सशस्त्र प्रहरी बलमा राजु अर्याल महानिरीक्षक भएपछि देशव्यापी रूपमा नै एउटा परिपत्र गरियो कि बिशेष व्युरो बाहेक अन्य कुनै पनि मातहतका कार्यालयले सिभिलमा घुमुवा परिचालन गर्न पाइने छैन

तर त्यो परिपत्रको धज्जी उडाउदै रौतहट स्थित सशस्त्रको गणले भने घुमुवा परिचालन गरेको ती घुमुवाहरूले खुलेयाम तस्कर व्यापारीबाट रकम असुलीको कामहरू गरिरहेका छन् घुमुवाहरूले एसपी माधव रेग्मीको नाममा खुलेयाम रकम उठाई रहेका छन् भने घुमुवाहरूलाई परिचालन गर्ने काम गणका डिएसपी क्षितिज क्षेत्रीले गरिरहेका छन् असई राम विश्वास यादव , सहायक हवल्दार वीरेन्द्र साह सिपाही मुकेश साह अहिले रौतहट स्थित गणबाट घुमुवाको रूपमा परिचालन गरिएको

घुमुवाहरूको खटनपटन देखि परिचालन गर्ने सबै काम डिएसपी क्षेत्रीले गर्दै आएका छन् भने एसपी रेग्मी भने थाहा नभए जस्तो गर्ने तर आएको भाग नछाड्ने गरि लागेका छन् ।त्यति मात्रै होइन घुमुवाहरूले व्यापारी तस्करहरूलाई ल्याएर डिएसपी क्षेत्रीलाई भेटाउने काम गर्दै आएका छन् डिएसपी क्षेत्रीले आफ्नै अफिसमा उनीहरूलाई भेट्ने गर्दछन एसपी रेग्मी डिएसपी क्षेत्री काठमाडौ देखि नवलपरासीमा संगै बसेका कारण पनि उनीहरू बीच अति नजिकको सम्पर्क रहेको कारण आर्थिक लेनदेन , उठन्ती घुमुवा परिचालन गर्ने सबै अधिकार रेग्मीले क्षेत्रीलाई दिएको गणका एक डिएसपीले नै जानकारी दिए अहिले घुमुवाहरूको सेटिङमा केही व्यक्तिलाई तस्करीको लाइन चलाउन दिइएको यसरी तस्करीको लाइन पाउनेमा बंकुलबाट रूपेश , बच्चेलाल , मुकेश ,नवल छन् भने लतमरी नाकाबाट प्रमोदको किराना

सम्बन्धित समाचार