बालुवाटारमा पहिलो पटक ७ दलको बैठक, कांग्रेस र नेकपा एसको दावी कायमै

19.9k Shares

काठमाडौं/भावी राष्ट्रपतिको निर्वाचनको बिषयमा सहमति खोज्नका लागि गर्न बालुवाटारमा बसिरहेको बैठकमा ७ दल जम्मा भएका छन । 

बिहान ४ दलको मात्रै बैठक बसे पनि कुनै निष्कर्ष निकाल्न नसकिरहेको बेला राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी गरी साँभ ७ दलको बैठक बसेको हो । 

बिहान बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले घनिभुत छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । भावी राष्ट्रपतिका लागि नेकपा एस र नेपाली कांग्रेसले आफनै दावी नछाडे पछि राष्ट्रपति चयनमा सकस परिरहेकाे छ ।

सम्बन्धित समाचार