सर्वोच्चका न्यायाधीशहरुमा कोरोना, वामदेवको सुनुवाई धरापमा

18.2k Shares

काठमाडौं, असोज १८ । सर्वोच्च अदालतका न्यायाधीश र केहि अधिकृतमा कोरोना पुष्टि भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतमको आगामी बुधबारको लागि तय भएको संवैधानिक इजलासमा राखिएको मुद्दाको सुनुवाई धरापमा परेको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि सर्वोच्च अदालत घोषित रूपमा बन्द भएको छ । अब कम्तिमा पाँच दिन होम आइसोलेशनमा बसेपछि मात्र सबै न्यायाधीशको पीसीआर परीक्षण हुने भएकाले बुधबार हुने भनिएको गौतमको मुद्दाको सुनुवाई धरापमा परेको हो । स्रोतका अनुसार अधिकांश न्यायाधीशलाईसमेत हल्का ज्वरोसहित रुघा र खोकीको लक्षण देखिएको छ ।

सम्बन्धित समाचार