यसैगरी समूह ‘बी’ मा स्पेनको रियाल मड्रिड, युक्रेनको शख्तर, इटालीको इन्टर मिलान र जर्मनीको बोरुसिया एम्ब्याच रहेका छन् भने समुह ‘सि’ मा पोर्चुगलको एफ.सी पोर्टो, इंग्लण्डको म्यान्चेस्टर सिटी, ग्रिसको ओलम्पियाकोस र फ्रान्सको मार्से रहेका छन् ।
समुह ‘डि’ मा इंग्लण्डको लिभरपुल, नेदरल्याण्ड्सको आयाक्स, इटालीको एटलान्टा र डेनमार्कको एफ।सी मिडेल्याण्डन रहेका छन् । यसैगरी इंग्ल्याण्डको चेल्सी, स्पेनको सेभिया, रुसको क्रास्नोडार र फ्रान्सको रेनेज समुह ‘इ’ मा पर्दा रुसको जेनिट सेन्ट पिट्सबर्ग, जर्मनीको बोरुसिया डर्टमण्ड, इटालीको लाजियो र बेल्जीयमको क्लब ब्रुज समुह ‘एफ’ मा छन् ।
च्याम्पियन्स लिगको अन्तिम समुह ‘एच’ मा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी), इंग्ल्याण्डको म्यानचेस्टर युनाइटेड, जर्मनीको आर।बी लेप्जीग र टर्कीको इस्तानबुल बासाक्शेर रहेका छन् ।
यो सिजनको युएफा च्याम्पियन्स लिगका खेलहरु अक्टोबर २० तारिख मंगलवारदेखि सुरु हुनेछन् । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो समूह चरणमै भिड्ने भएका छन् । मेस्सीको टिम बार्सिलोना र रोनाल्डोको टिम युभेन्ट्स एउटै समुह ‘जी’ मा परेका छन् । समूह ‘जी’ ग्रुप अफ डेथ का रुपमा विश्लेषण गरिएको छ । यो समुहका अन्य दुई टोलीहरुमा युक्रेनको डाइनामो किभ र हंगेरीको एफटीसी रहेका छन् ।