कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

1.2k Shares

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने भएका छन् । कुनै पनि समूहको अथवा साथीभाइको पनि प्यानल बनाउन नपाइने भएको हो । 

बन्द सत्रमा कांग्रेस सभापति गगन थापा, उपसभापति विश्व प्रकाश शर्मा र अरु नेताहरुले प्यानल बनाउन नपाइने निर्णय गरेका हुन् । मंगलबार बिहान पनि प्यानलको विषयमा अरु नेताहरुले चासो राखेपछि कसैलाई पनि प्यानल बनाउन नपाइने बताइएको छ ।

‘महाधिवेशनमा कुनै पनि प्यानल बन्दैन । जसले जित्छ कांग्रेसीले नै जित्छ। उपस्थित हुनुभएका ७,१०० बढी प्रतिनिधिले कुन चाहिँलाई मत हाल्न मन पराउनुहुन्छ त्यसैलाई हाल्न पाउनुहुन्छ ।’ उपसभापति शर्माले भने- ‘चिर्कटो बाँड्ने प्यानल वितरण गर्ने सबै काम यसपालि हामीले अन्त्य गर्ने निर्णय गरेका छौँ । यसपालिको महाधिवेशन विशेष र भयरहित हुन्छ ।’

उसो त कांग्रेसको उद्घाटन सत्रमा पनि उपसभापति शर्माले यस्ता गतिविधि रोकिने बताएका थिए । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पनि प्यानल बनाउन नपाइने निर्णय भएको थियो। तर पछि प्यानल वितरण भएपछि नेताहरू असन्तुष्ट थिए । 

यसबारे प्रश्न गर्दा महामन्त्री प्रदीप पौडेल कसले के गर्‍यो भन्ने विषय कांग्रेसमा नचल्ने बताउँदै कुनै पनि नेताले आफ्नो प्यानल बाँडेको खण्डमा तत्काल कारबाहीको प्रक्रियामा गएर उम्मेदवारी समेत खारेज हुन सक्ने बताएका छन् । 

सम्बन्धित समाचार