शुभम पावर कम्पनीको आइपीओ बाँडफाँड हुँदै

21.8k Shares

काठमाडौं, २६ माघ । शुभम पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड हुने भएको छ । भोलि (माघ २७ गते) शुक्रबार शुभम पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड हुने भएको हो। 

आइपीओ बाँडफाँड क्यापिटलकै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा हुने कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ । तर, समय भने निश्चित भइनसकेको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज साँझ ४ बजेसम्ममा बाँडफाँडको समय तय भइसक्नेछ ।

शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो ।

सम्बन्धित समाचार