दिनहुँ सात किलोमिटर हिँड्नुस् मिर्गौला बचाउनुस् : डा. ऋषिकुमार काफ्ले

23.5k Shares

मध्यपान–धुमपान गर्नु मिर्गौला रोग लाग्नलाई दरखास्त दिनु सरह हो । डा. ऋषिकुमार काफ्लेले हामीसँगको कुराकानीमा यसो भनिरहँदा तत्कालै हामीलाई लाग्यो, ‘ए यो त रमाइलो गर्दा मृत्युको मुखमा जानेबाटो पो रहेछ ।’ साना ति जमघटमै पनि धुमपान र मध्यपानमा रमाउन चाहने नेपालीको बानीमाथि डा।काफ्लेका यी भनाइ ठूलौ झापड हुन् । केही क्षण रमाउने, मन बहलाउन जानाजान गरिने यस्ता कार्यले नजानी कनै हामीले ठूलै स्वास्थ्य चुनौति थप्दै गइरहेका छौं ।
हामी स्वास्थ्य रहन आँफैं क्रियाशी हुनुपर्छ भन्छन् उनी । उनी तर्क गर्छन, मानिसहरू हिँड्न छोडेर मिर्गौलाका समस्या धेरै निम्त्याए । दिनमा दश हजार पाइला अर्थात् सात किलोमिटर हिँड्यो भने मिर्गौला स्वास्थ्य राख्न सकिन्छ । यसो त पर्याप्त पानी पिउने, व्यायाम गर्ने, स्वस्थ खाना र सक्रिय दिनचर्याले मिर्गौला जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । स्वस्थ मिर्गौलाका लागि पर्याप्त पानी आवश्यक छ । उपचारमा खर्च गर्नुभन्दा रोग लाग्नै नदिन आवश्यक जनचेतनाका लागि लगानी गर्नुपर्ने उनको सुझाव छ ।शरीरलाई आवश्यकभन्दा धेरै खाना खानु र अस्वस्थ खाना खानु मिर्गौला रोगलाई निम्ता दिनु हो भन्छन् डा। ऋषि । फास्टफुडको बढ्दो प्रयोगले पछिल्ला दिनहरूमा मिर्गौला रोगी बढिरहेको निष्कर्ष छ, डा।काफ्लेको । खोजतलास साप्ताहिकले उनीसँग लामो कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँगको कुराकानी ।

डा.साब लकडाउनको यो अवधिमा अहिले दिनचर्य कसरी बितेको छ ?
लकडाउन भएको पनि आज ८५ दिन भइसक्यो । लकडाउनका सुरुका केही दिन सुमेरु अस्तालले ओपीडी बन्द गरेका थियो । पछि बिस्तारै ओपीडी सञ्चालन गरौं । टिम वर्कमा काम गर्न थाल्यौं । कुनै टिमले इन्डोर हेर्ने, कुनै टिमले ओपीडीमा बिरामी हेर्ने गरी मिलायौं । कसैलाई कोरोनाले समातिहाल्यो भने पनि हाम्रो सेवा नरोकियोस भनेर काम ग¥यौं । अहिले धेरै ठाउँबाट बिरामीहरू आइरहेका छन् । अहिले पनि सहज स्थिति बनिसकेको छैन । मिर्गौला प्रत्यारोपण गर्न सकिएको छैन । डायालासीस सेवा दिइरहेका छौं । सुमेरु अस्पतालस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डायालासीस सेवा नियमित छ । मिर्गौलाको डायालासीसका लागि सुमेरुको आइसीयुमा विशेष व्यवस्था छ । हेपाटाइटिस बी भएका, एचआइभी पोजेभिज देखिएका मिगौला बिरामीको पनि हामीले आइसीयुमा डायालासीस गराइरहेका छौं । सुमेरुको टिमले आफू सुरक्षित रहेर क्षमताले भ्याएसम्म म्यासिमम आउटपुट दिएर काम गरिरहेको छ । संक्रमित बिरामी हामी कहाँ नपसोस्, संक्रमितको प्रवेशले अन्य बिरामीलाई संक्रमित नतुल्यायोस भनेर हामीले सावधानी पूर्वक काम गरिरहेका छौं । अस्पताल प्रवेश देखि नै सुरक्षा सतर्कताका प्रावधान लागू गरेका छौ ।

एउटा सामान्य मानिसले मिर्गौला रोग लागेको छ कि छैन भनेर कसरी थाहा पाउन सक्छ ?
मिर्गौला रोग लागे–नलागेको सहजै थाहा हुँदैन । अहिले हामी कहाँ एउटा केश छ । २२ वर्षीय तराईको युवा हामी कहाँ भर्ना भएका छन् । उनलाई सञ्चो नभएको २ हप्ता मात्रै भएको रहेछ । हामी कहाँ आए । हाम्रो परीक्षणले उनका दुबै मिर्र्गौलाले काम गरेको देखाएन । परीक्षण पछि हामीले उनलाई भनेका छौं, तिमी अब डायालासीसमा बस्, फिस्टुला बनाउ, मिर्गौला दाता खोज ताकि ट्रान्सप्लान्ट गराउन सहज होस । तर, उनी हाम्रो कुरा पत्याउँदैन । उनी भन्छन्,‘मलाई केही भएको थिएन । यो कहाँबाट मिर्गौलाको रोग आयो रु’ हाम्रो रिपोर्टले के देखाउँछ भने उनका दुबै मिर्गौला सानो छन्, दुबै मिर्गौला फेल छन् । यो ओभर नाइट त भएको होइन । महिनौदेखि उनका मिर्गौलामा समस्या आयो, तर उनीलाई केही थाहा भएन । उनलाई केही पनि अप्ठ्यारो महसुस भएन । अप्ठ्यारो नभएको मानिस डक्टर कहाँ किन जान्छ रु जाँदैन । न डक्टर कहाँ जान्छ, न चेकअप गर्छ, न कुनै ल्याब टेस्ट गर्छ । त्यसैले मिर्गौला रोग लागेको सहजै थाहा हुँदैन । ती युवा प्रतिनिधिमूलक पात्र हुन् । अर्को पश्चिम तिरको केस छ । सायददैलेख तिरको हुनुपर्छ । एक जना १६ वर्षे युवा स्कुल गइरहेको अवस्थामा अकास्मात वान्ता गर्छन् । अस्पताल गएर चेकअप गराउँदा उसका दुबै मिर्गौलाले काम नगरेको रिपोर्ट आयो । बाबु–आमा के भन्छन् भने हाम्रो छोरोको स्वास्थ्य अवस्था ठिक छ । सामान्य झैं स्कुल जान्थ्यो । स्कुलमापढेर घर फर्कन्थ्यो । कहाँबाटउसलाई मिर्गौलाको रोग लाग्यो भनेर उनीहरू चकित छन् ।

मिर्गौलामा रोग लाग्न ‘एज फ्याक्टर’ को कुनै भूमिका हुन्छ ?
४० वर्ष भन्दा कम उमेरका मानिसमा मिर्गौला रोग (नेफ्राइटिस) हुन्छ । जसको पिसाबबाट प्रोटिन जान्छ । क्रमशः ब्लड प्रेसर बढ्दै जान सक्छ । उसको मिर्गौला बिस्तारै बिग्रन थाल्छ । तर उसलाई केही पनि थाहा हुँदैन । उसको मिर्गौला ८० प्रतिशत बिग्रिए पछि मात्रै उसले थाहा पाउँछ । ५० प्रतिशत मिर्गौला बिग्रिएको कुरा चेकअप गरेपछि आउने रिर्पोटबाट मात्रै थाहा हुन्छ । त्यति बेलासम्म बिरामीलाई केही हुँदैन । ५० प्रतिशत मिर्गौला बिग्रिकै अवस्थामा कोही पनि बिरामी उपचारका लागि आउँदैन किन भने उसलाई रोग लागेको थाहै हुँदैन । हामीमा नियमित अस्पताल गएर चेकअप गर्ने बानी पनि छैन । नियमित प्रेसर, सुगरको औषधि सेवन गर्ने व्यक्तिहरूको पिसाबमा प्रोटिन जान सक्छ । पिसाबमा प्रोटिन जान थाल्नु भनेको मिर्गौलामा समस्या भन्ने हो । सुगर ठिक ठाउँमा राख्न नियमित औषधि खान्छौं । प्रेसरको औषधि नियमित खाए पनि प्रेसर ठिक भएको मानिस धेरै कम छन् । प्रेसर–सुगरले हाम्रो शरीरका महत्वपूर्ण अंगहरू आँखा, मुटु, मिर्गौला, नसा, ब्रेनमा असर गर्छ । पिसाबमा प्रोटिन जान थाल्यो भने मिर्गौला प्रभावित छ भन्ने बुझ्नु पर्छ । मिर्गौलामा प्रभाव प¥यो, तर ड्यामेज भएको छैन भन्ने बुझ्नु पर्छ ।

मिर्गौला बिरामीका समस्या सम्बोधन गर्न सरकारको भूमिका कस्तो पाउनु भएको छ ?
राष्ट्रपतिले सरकारको नीति तथा कार्यकक्रम प्रस्तुत गर्दा ४० वर्ष उमेर नाघेका नेपालीको हकमा छ–छ महिनामा पिसाब र सुगर जाँच्ने भन्नुभयो । तर, यो कुरा अर्थमन्त्रीले बजेटमा समावेश गर्नु भएको देखिएन । यदि राष्ट्रपतिको सम्बोधनले समेटेको विषय सम्बोधन भइदिएको भए मधुमेह भएको व्यक्ति, उच्च रक्तचाप भएको व्यक्तिमा मिर्गौला रोगको पहिचानमा सजिलो हुन्थ्यो । मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूको पिसाबबाट प्रोटिन गएर नै मिर्गौला बिग्रको हो । त्यस्ता मान्छेहरू हृदयघात, स्ट्रोकबाट मृत्यु हुन सक्ने संभावना धेरै बढी हुन्छ । हामी कुरा सुन्छौं, ए त्यो मानिस त हिँड्दा हिँदै वितेछ, हृदयघात भएछ भनेको । देख्दा सामान्य लाग्छ, गम्भीर रोग लागेको थिएन तर मान्छेको अकस्मात मृत्यु भयो भने हामीले बुझ्नु पर्छ उसलाई सामान्य उच्च रक्तचाप र मधुमेह हुन सक्छ । पिसाबमा प्रोटिन गएको कारणले अकस्मात मृत्यु हुन्छ । अरू रोग लाग्दा लक्षण देखा पर्छन् । तर मिर्गौला रोग लागिसक्दा पनि हामी लक्षण थाहा पाउँदैनौ । आफ्नो मिर्गौला स्वास्थ्य भए–नभएको थाहा पाउनका लागि वर्षको एक पटक अनिवार्य रूपमा परीक्षण गराउनै पर्छ । पहिला पहिला तीस वर्ष कटेपछि परीक्षण गर्नुपर्छ भन्ने मान्यता थियो, तर अहिले कलिलै उमेरमापनि मिर्गौला रोगका बिरामीहरू देखिन थालेका कारण जुनसुकै उमेर समूहका मानिसहरूले पनि परीक्षण गराउनु पर्छ । बच्चा कक्षा एकमा प्रवेश गरेपछि नै उनीहरूको पिसाब जाँच गर्नुपर्छ । मिर्गौला रोग महंगो छ, उपचार पनि सर्वसुलभ पनि छैन । तर, पिसाबको टेष्ट सर्वसुलभ छ, सस्तो पनि छ । यो टेष्टले मिर्गौला स्वस्थ्य छ–छैन थाहा हुन्छ ।मिर्गौला बिग्रिएका व्यक्तिहरूको उपचारका लागि स्थानीय तहको सिफारिसमा सरकारले एक लाख रुपैयाँ उपलव्ध गराउँछ । त्यस्ता बिरामीको उपचार गर्ने अस्पतालमध्ये सुमेरु अस्पताल एउटा हो । त्यसैले कसैको पिसाबमा प्रोटिन देखियो, रगतमा क्रियाटिनीको मात्रा बढि देखियो भने ती व्यक्ति तत्कालै सुमेर अस्पतालमा स्थानीय तहको सिफारिससहित आउनु भए हुन्छ । हामी उहाँहरूको उपचार सुरु गरिहाल्छौं । अस्पतालमा भर्ना हुने बित्तिकै उहाँहरूले एक लाख रुपैयाँ बराबरको उपचार सेवा निःशुल्क पाउनु हुन्छ । मिर्गौला उपचारको यो सुविधा सुमेरु अस्पतालमा अन्य सरकारी अस्पतालले उपलब्ध गराए सरह नै दिइरहेको छ । मिर्गौला रोगी पत्ता लगाउन हामीले परीक्षणको दायरा बढाउनु पर्छ । उमेर ढल्केपछि वा पाको उमेर भएपछि मात्रै मिर्गौलाको अवस्था परीक्षण गर्ने होइन, सानै उमेरदेखि परीक्षण सुरु गर्नुपर्छ ।

मिर्गौला रोगका के कस्ता चरणहरू हुन्छन ?
मेडिकल साइन्सले मिर्गौलाका बिरामी पाँच चरणका बर्गीकरण गरेको छ । जसको मृर्गौलाले नब्बे प्रतिशत काम गरेको छ त्यो पहिलो चरण हो । साठी देखि ९० प्रतिशत काम गरेको मिर्गौला दोस्रो चरण, ३०देखि ६० प्रतिशत काम गरेको तेस्रो, १५ देखि ३० चौथो र १५ प्रतिशत भन्दा कम काम गरेको मिर्गौलाका बिरामी पाँचौ चरणका हुन् । पाँचौं चरणमा पुगेको मिर्गौला बिरामीको मिर्गौलाले काम गर्ने क्षमता लगभग सकिएको अवस्था हो । यी व्यक्तिले कि डायलासिस गर्नु पर्छ, कि ट्रान्सप्लान्ट नै गर्नुपर्छ कि त्यत्तिकै बसी मृत्यु वरण गर्नुपर्छ । यदि रगतमा क्रियाटिनी जाँचियो भने एक दशमलब ४ मिलिग्राम प्रतिशत देखियो भयो त्यो नर्मल हो । तर परीक्षणले एक दशमलब ५ मिलिग्राम देखायो भने बुझ्नु पर्छ तपाईंको मिर्गौलाले पचास प्रतिशत काम गर्न छाड्यो । यो अवस्था भनेको मान्छे मिर्गौला फेलियरको अवस्थामा पुग्नु हो । अर्थात ५० प्रतिशत भन्दा कम काम गरेको स्थिति हो । वा तेस्रो चरणमा प्रवेश गर्नु हो । विभिन्न रोगलाई निको पार्ने नाउमा आफू खुसी औषधि सेवन नगर्दा पनि मिर्गौला बचाउन सकिन्छ ।

खानपिनले पनि मिर्गौला बिग्रन्छ ?
जथाभावी तरिकाले खानपिनको बानीले मिर्गौला बिग्रन्छ । माछा–मासु दूध–दही धेरै खानु मिर्गौलाका लागि राम्रो होइन । गुलियो परिकारले पनि मिर्गौला बिगार्छ । मैदाको परिकार पनि मिर्गौला बिगार्छ । तर अहिले यस्तो खानेकुराको प्रयोग अत्यधिक बढेको छ । जन्मदिनमाकेक नभइ हुँदैन । प्रशोधित मासुको प्रयोग पनि हानिकारक हुन्छ । दाल, भात, तरकारी खानुस् तपाईलाई ६ घण्टा भोक लाग्दैन । तर, फास्टफुड खानुस तपाईलाई ३ घण्टामा नै भोक लाग्छ । छिटो छिटो भोक लाग्दा धेरै पटक खानेकुरा खाइने भयो मोटोपन वृद्धि हुन्छ । मोटोपन बढी भयो भने रोग लाग्छ । चिनी र नुनिला परिकार, माछा–मासुका परिकार उमेर ढल्कदैं गएपछि बन्द गर्नुपर्छ । माछा, मासु, मैदाको परिकार (पाउरोटी), नुन र चिनीको कम प्रयोगले मानिसलाई ६० प्रतिशत स्वस्थ बनाउँछ ।

किड्नी रोग खर्चिलो भन्छन् नी ?
मिर्गौलाको उपचार सहर–बजारमा मात्रै उपलव्ध छ । पहाड, दुरुदराजका व्यक्तिलाई मिर्गौलामा समस्या देखिए उसले सहर बजारमा आएर बस्नु परयो । सहरको बसार महँगो हुन्छ ।हप्ताको दुई पटक डायलासीसी गर्नु प¥यो । त्यो बाँचुल्जेल गर्नुपर्छ । डायालासीस गरिञ्जेल बिरामी बाँच्छ, गर्न छाडेपछि मृत्यु हुन्छ । ट्रान्सप्लान्टको पाटोमा पनि दान दिने व्यक्ति स्वस्थ रहनु प¥यो । ५० जना नातेदार भित्रकाले मिर्गौला दान दिन पाउने नेपाल सरकारले ऐन बनाएको छ । डोनर स्वास्थ्य भए, ६० वर्ष मुनिको भए, उसका दुईवटा किड्नी भए, उसलाई इच्छा लागे प्रत्यारोपण गर्न सकिन्छ । प्रत्यारोपणका लागि सरकारले ४ लाख रुपैयाँ तोकिदिएको छ । सुमेरुले के भनेको छ भने हामी सरकारले तोकेको भन्दा बढी पैसा लिँदैनौ । तर सरकारी अस्पतालमा दिने औषधि चाहीं चार लाख भित्र दिन सक्दैनौ । औषधिका लागि छुट्टै पैसा दिनु पर्छ । त्यो औषधिको मूल्य नै ३ लाख पर्छ । कसैलाई २ लाख बराबरको औषधि भए पुग्छ, कसैलाई ३ लाख बराबरकै औषधि लाग्छ । यो हिसाबबाट हेर्दा ७ लाखमा ट्रान्सप्लान्ट हुने भयो । ट्रान्सप्लान्ट पछि खाने औषधि बाचुञ्जेल खानुपर्छ । त्यो पैसा सरकारले दिँदैन ।

कसरी जु¥यो नेफ्रोलोजी अध्ययनको सिलसिला ?
रूसमा डाक्टरी पढ्न छात्रवृत्ति पाएर गएको हुँ । छात्रवृत्तिमा एमबीबीसएको पढाइ त सकियो । त्यतिलेमात्रै विशेषज्ञता हासिल हुँदैन थियो । विशेषज्ञतामा केमा भन्ने प्रश्न आयो । यो प्र्रश्नमा म धेरै घोत्लिए । आफ्नो बुद्धिकै आधारमा मात्रै निर्णय गर्न अलमल भएपछि आफ्ना ‘सिनियरहरू’ अवनिभूषण र दीर्घसिंह बमसँग परामर्श गरें । दुवैले नेफ्रोेलोजी पढ्न सल्लाह दिए । यसपछि नेफ्रोलोजीमा विशेषज्ञता हासिल गर्ने निर्णय गरें । नेपालमा यसको विशेषज्ञ डाक्टर छैनन् यो विषय पढ्छु भन्दै प्रोफेसरसमक्ष पुगें । मौका मिल्यो । नेफ्रोलोजीमा विशेषज्ञता हासिल गरेर रूसबाट स्वदेश फर्केके हुँ । त्यहाँ बस्दा एक वर्ष रुसी भाषा, ६ वर्ष बेसिक कोर्ष गरेपछि विशेषज्ञ कोर्ष गरेको हुँ ।

सरकारी जागिरमा कसरी जोडिनु भयो ?
रूसमा नेफ्रोलोजीमा विशेषज्ञता हासिल गरेर स्वदेश आएपछि सरकारी जागिरका लाग स्वास्थ्य सेवा विभागमा सम्पर्क गरें । स्वास्थ्य सेवा विभागमा नर्वदालाल मास्के महानिर्देशक हुनुहुन्थ्यो । बाबु के पढेर आयौ रु भनेर सोध्नु भयो । मैले नेफ्रोलोजीमा विशेषज्ञता हासिल गरेर आए भनें । ए नेफ्रोलोजीमाा पो विशेषज्ञता, ‘कहाँ जागिर दिउँ तिमीलाई मिर्गौलाका बिरामी नै छैनन्’ भन्नुयो । अठ्तिस वर्षअघि तत्कालीन महानिर्देशक मास्केको त्यो भनाइ र आजको अवस्था कति फरक परेको छ, सबैलाई जगजाहेर छ । उनै मास्केको तीन वर्षअघि मैले नै मिर्गौला परीक्षण गर्ने अवसर पाएँ । मिर्गौलाका विशेषज्ञ डाक्टर खोज्दै म कहाँ आउनु भयो । डा।काफ्ले कस्तो छ मेरो मिर्गौला भन्नुभयो । मलाई ३८ वर्ष अघि मिर्गौलाका बिरामी छैनन, जागिर कहाँ दियौं भन्ने मानिस नै मिर्गौलाको विशेषज्ञ डाक्टर खोज्दै म कहाँ आउनु भयो, मलाई यो भन्दा खुसीको क्षण के होला भनेर उत्तर दिए । वीर अस्पताल नजिकको केन्द्रीय छाती चिकित्सालयमा जागिर सुरु गरेको हुँ । तीन महिनापछि लाहान अस्पताल पुगें । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा हुँदै कान्ति बाल अस्पालमा पनि काम गरे ।म मिर्गौला विशेषज्ञ भएर फर्किंदा नेपालमा मिर्गौला सम्बन्धी रोगका एकजना मात्रै विशेषज्ञ हुनुहुन्थ्यो । डा।पुस्करराज सत्याल । डा। सत्यालको नेतृत्वमा रहेर धेरै सिक्ने मौका मिल्यो । वीर अस्पतालमा हुँदा नारायणगोपाल र अन्य धेरै चर्चित व्यक्तिका उपचारमा सम्लग्न भएँ । सेवा विस्तारको लक्षण नदेखिेपछि सरकारी सेवाबाट अलग्निे निर्णय गरेको हँु ।

नेपालमा कसरी सुरुवात भयो मिर्गौलाका उपचार सेवा रु अहिलेको अवस्था कस्तो छ ?
सन् सत्तरीको दशकमा नेफ्रोलोजिस्टको टोली पश्चिम जर्मनी पठाइयो । डायालासीस मेसिन पनि आयो तर डायालासीस सेवा सुरु भएन । तत्कालीन विभागका हामिकले पश्चिम जर्मनीका राजदूतलाई भनिदिएछन् के डायालासीस सेवा सञ्चालन गर्ने योजनाको कुरा गर्नुहुन्छ यहाँ डायरियाले मान्छे मरिरहेका छन् । यो जबाफपछि पश्चिम जर्मनीको डायालासीस मेसिर राखिदिने योजना नै तुहियो । पछि बीर अस्पतालमा नयाँ ओपीडी बिल्डिङ बनेपछि डायालासीस सेवा सञ्चालन गर्न मलाई पोखराबाट तुरुन्तै आउनु प¥यो भनियो । बोलाएपछि म पनि आए । बीर अस्पतालमा ३३ वर्ष अगाडि दुईवटा मेसिन जडान गरेपछि डायालासीस सेवा सुरु गरेका हौं । थिन त ३ वटा मेसिन थिए । एउटा बिग्रिएको रहेछ । दुईवटा मेसिनबाट डायालासीस सेवा सुरु गरेका हौं । अहिले ६ सय भन्दा बढी मेसिन नेपालमा जडान भइ सेवा दिइरहेका छन् । ५ हजार भन्दा बढी बिरामीले डायालासीस गराइ रहेका छन् । नेपाल भित्रै प्रत्यारोपण गर्नेको संख्या १६ सय नाघि सकेको छ । हाम्रै समयमा धेरै उलट पुलट आयो ।३८ वर्ष अघि नेपालमा किड्नी रोग भयावह थिएन । आज यस्तो अवस्था छ । ३० औं हजार किड्नी फेलियरका बिरामी होलान् । ३ करोड जनसंख्या मान्ने हो भने ३० लाख व्यक्तिमा किड्नीको समस्या छ । ३० लाख मध्येमा ३ लाखको किड्नी बिग्रन थालेको छ । त्यसमा ३० हजार व्यक्ति किड्नी नराम्रोसँग बिगारेर बसेका छन् । तीमध्येबाट ३ हजार मानिस प्रत्येक वर्ष लौ न डायालासीस चाहियो भनेर आउँछन् । अहिजे पाँच हजार मानिस डायालासीस गरेर बसेका छन् । बिरामी धेरै भएपछि सेवा कहाँ पाउँछन् रु यो भयावह अवस्थाबाट निकासका लागि हामीलो मिर्गौला बचाउ अभियान चालेका हौं । यो अभियानलाई व्यापक बनाउनु पर्छ । सुमेरुले सञ्चालन गरिरहेको शिविरबाट पहिचान भएका किड्नीका बिरामीलाई सेवा दिइरहेको छ । जनचेतना फैलाइरहेको छौं ।
मेरो सुझाव के हो भने किड्नी स्वास्थ्य राख्ने बारेमा सरकार होइन आफैं जिम्मेवार बन्नुपर्छ । ३ लिटर पिसाब हुने गरी पानी पिउने । दैनिक १० हजार पाइला हिँड्ने । चुरोट खैनी जाँड रक्सी नखाने । मासुको मात्रा कम गर्ने, साग सब्जी, फलफुलको मात्रा बढाउने । योग प्र्राणायम गर्ने । वर्षको एक पटक पिसाब तथा रगतमा क्रियाटिनी जाँच्ने गर्नुपर्छ । ९० प्रतिशतको किड्नी स्वस्थ्य छ । १० प्रतिशतमा मात्रै खराब हो । ५ हजारको मात्रै डायालासीस गर्दा नै अर्बौ खर्च भइरहेको छ । ट्रान्सप्लान्टको खर्च त्यत्तिकै छ । यो खर्च घट्नेवाला छैन । यो खर्च घटाउने हो भने आजैबाट हामीले मिर्गौलालाई स्वास्थ्य राख्ने बारेमा सचेतना जगाउनु पर्छ । लक्षण नखोजी वर्षका एक पटक चेकअप गर्नुपर्छ ।

कसरी स्थापना भयो राष्ट्रिय मिर्गौला उपचार केन्द्र ?
सरकारी जागिरसँगको आवद्धता २०५३ सालसम्म मात्रै रह्यो । सरकारी जागिरमा बसेर काम हुँदैन । पढेर आएको कुरा प्रयाग गर्नै पाइएन भन्ने लागेपछि राजीनामा दिएको हुँ । राजीनामा दिएपछि २०५४ सालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा सामेल भएको हुँ । हेल्थ केयर फाउण्डेशन नेपाल भन्ने गैरसरकारी संस्थाले राष्ट्रिय मिर्गौला उपचार केन्द्र सञ्चाल गरेको हो । यो केन्द्र खोल्न दाताले धेरै सहयोग गर्नुभएको छ । सुरुमा नक्सालस्थित मेडिकेयर अस्पताल रहेको भवनमा एक तला भाडामा लिएर उपचार सुरु गरेका हौं । त्यति बेलापाँचवटा मेसिनबाट उपचार सेवा सुरु गरेकाथियौं । अहिले बनस्थलीमा ४२ वटा मेसिन चल्छ । किस्ट मेडिकल कलेजमा गएर पनि काम गरियो । किस्टले जग्गा दिन नसक्ने कुरा गरेपछि सुमेरुका अध्यक्ष भरत महर्जनसँग सम्पर्क भयो । उहाँले आउनुस् यहाँ भन्नुभयो । मैले तत्कालै भने, ‘मसँग त पैसा छैन भने ।’ उहाँले पाँचवटा मेसिन सञ्चालनका लागि पूर्वाधार बनाइदिनु भयो । अहिले हामीले २० वटा मेसिन चल्ने बनाएका छौं । सुमेरुमा आएको पनि ८ वर्ष भइसकेको छ । अहिले हामी १८ वटा मेसिन चलाइरहेका छौं ।

कसरी सुरु भयो सुमेरु–मिर्गौला केन्द्रको सम्बन्ध ?
सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले हामीलाई नाफा नलिइ डायालासीस सेवा दिन यहाँ ल्यउनु भएको हो । उहाँको सदभावकै कारण हाम्रो टिम यहाँ बसेको हो । उहाँकै सदभावकै कारण राष्ट्रिय मिर्गौला केन्द्रको डायालासीस टिम यहाँ बसेको हो । केन्द्रमा आउने बिरामी भर्ना गर्नु पर्ने अवस्था आयो भने कहाँ राख्ने, अरु ठाउँमा पठायो भर्ना लिँदैनन् । त्यसैले केन्द्र र सुमेरुबीच सहकार्यको वातावरण बन्यो । केन्द्रमा हामीले जाँचेका बिरामी सुमेरुमा पठाउने । सुमेरुमा ओपीडी सेवा पनि छ । सुमेरुमा अरु उपचार सेवा पनि भएपछि राष्ट्रिय मिर्गौला उपचार केन्द्रलाई बिरामी पठाउन सजिलो पनि भयो । हामी र सुमेरु जोडिएपछि दुबैलाई काम गर्न सहज भएको छ । सहकार्यबाटै सुमेरुमा डायालासीस सेवा सुरु भयो, टिम पनि मजबुद भएपछि ट्रान्सप्लान्ट सेवा सुरु किन नगर्ने भन्ने छलफल भयो । सुमेरुमायो सेवा सुरु गरौंभन्ने भयो । एक वर्ष अघिदेखि यो पनि सेवा सुरु भइसकेको छ । हालसम्म सुमेरुले ५ वटा सफल प्रत्यारोपण गरिसकेको छ । तीमध्ये २ वटा पूर्ण रूपमा निःशुल्क र एकजनाको आधा शुल्क लिएर ट्रान्सप्लान्ट गरेको छौं । कोभिडका कारण रोकिएको ट्रान्सप्लान्ट सेवा आउँदा दिनमा नियमित बनाउने हाम्रो योजना छ ।
अहिले हामी मिर्गौला बचाउ अभियान लिएर जनचेतना जगाउन क्रियाशील छौ । मिर्गौलाको काम के हो, कसरी जोगाउन सकिन्छ भन्ने सचेतनाका लागि हामी लागिरहेका छौ । सुमेरुले राष्ट्रिय मिर्गौला केन्द्रलाई ३ रोपनी जग्गा दिएको छ । यो जग्गामा ५०–६० बेड क्षमताको भवन बनाइ सेवा दिने हाम्रो योजना छ । राष्ट्रिय मिर्गौला केन्द्र र सुमेरु अस्पतालहामी एक भइसकेका छौं । राष्ट्रिय मिर्गौला केन्द्रमा नाफा नकमाइकन सेवा दिनुपर्ने, सुमेरु अस्पतालमा थोरै नाफा लिएर सेवा दिनुपर्ने भएकाले हामी नमिली नहुने भयो । राष्ट्रिय मिर्गौला केन्द्रको बोर्ड सदस्यमा सुमेरु ग्रुपको प्रतिनिधित्व छ । यो हिसाबले राष्ट्रिय मिर्गौला केन्द्र पनि सुमेरुकै हो । । हामीले बिरामीलाई अन्त भर्ना हुन पठाए अस्पतालले भर्ना लिँदैनन् । हामीलाई आफूले भर्ना गरेका बिरामी हेर्ने ठाउँ चाहियो त्यसैले हामी एक भएका हौं । यी दुई संस्था अहिले पार्टनरसिपको रूपमा अघि बढिरहेका छ । सुमेरु स्पेस्यालिटि अस्पताल त हुँदै हो तर पनि किड्नीमा यसको बढी दखल छ । किड्नीमा हामीले डायालासी तथा ट्रान्सप्लाट दुबै सेवा दिइरहेका छौं । अहिलेको अवस्थामा सुमेरु महँगो भएन, ट्रान्सप्लान्टको प्वाइन्टअफ भ्युबाट, डायालासीसको प्वाइन्ट अफ भ्युबाट, एक्युट किड्नी इन्जुरीका हिसाबले हेर्दा यो अस्पताल महंगो होइन ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रका शाखाको अवस्था कस्तो छ ?
राष्ट्रिय मिर्गौला उपचार केन्द्रले चितवनको रत्ननगर अस्पताल, दमौली जिल्ला अस्पताल, विराटनगरको गोल्छा आँखा अस्पचाल र रामेछापको तामाकोसी अस्पचालमा डायालासीस सेवा दिइरहेको छ । रामेछापमा सेवा सुरु गरेको पनि एक वर्ष भइसकेको छ । शाखा खोल्न दाताहरूबाट सहयोग प्राप्त भयो । काठमाडौं बाहिर पनि डायालासीस सेवा खोल्दा ओहो कस्तो राम्रो काम ग¥यौं भन्ने लाग्यो, तर सरकारले अहिले बनाएको नियमले केन्द्रलाई शाखा खोल्ने अधिकारमा रोक लगाएको छ । योे नियमले हामी पीडामा छौं । हामीले काठमाडौं बाहिरबाट सेवा दिइरहेका छौ, तर सेवा वापत पाउनु पर्ने पैसा पाएका छैनौ । बिरामीले उपचार पाइरहेको छन् तर हामी ११ महिना देखि उपचारमा लाग्ने सामग्री उधारोमा लगेर चलाउन बाध्य छौं । सरकारलाईम के सुझाव दिन चाहन्छु भने, हरेक जिल्ला अस्पतालमा ५ वटा डायालासीस मेसिन राखौं । २०–२५ लाखको एउटा अटो एनलाइजर राखेर ल्याब सञ्चालन गरौं, इमरजेन्सी सेवा सूचारु रह्यो भने बिरामीले सेवा लिएर अस्पताल जिवन्त रहन्छ । स्थानीय सरकारको निगरानीमा यो सेवा अझ सुदृढ हुने आशा गर्न सकिन्छ ।

मध्यपान–धुमपान गर्नु मिर्गौला रोग लाग्नलाई दरखास्त दिनु सरह हो । डा. ऋषिकुमार काफ्लेले हामीसँगको कुराकानीमा यसो भनिरहँदा तत्कालै हामीलाई लाग्यो, ‘ए यो त रमाइलो गर्दा मृत्युको मुखमा जानेबाटो पो रहेछ ।’ साना ति जमघटमै पनि धुमपान र मध्यपानमा रमाउन चाहने नेपालीको बानीमाथि डा।काफ्लेका यी भनाइ ठूलौ झापड हुन् । केही क्षण रमाउने, मन बहलाउन जानाजान गरिने यस्ता कार्यले नजानी कनै हामीले ठूलै स्वास्थ्य चुनौति थप्दै गइरहेका छौं ।
हामी स्वास्थ्य रहन आँफैं क्रियाशी हुनुपर्छ भन्छन् उनी । उनी तर्क गर्छन, मानिसहरू हिँड्न छोडेर मिर्गौलाका समस्या धेरै निम्त्याए । दिनमा दश हजार पाइला अर्थात् सात किलोमिटर हिँड्यो भने मिर्गौला स्वास्थ्य राख्न सकिन्छ । यसो त पर्याप्त पानी पिउने, व्यायाम गर्ने, स्वस्थ खाना र सक्रिय दिनचर्याले मिर्गौला जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । स्वस्थ मिर्गौलाका लागि पर्याप्त पानी आवश्यक छ । उपचारमा खर्च गर्नुभन्दा रोग लाग्नै नदिन आवश्यक जनचेतनाका लागि लगानी गर्नुपर्ने उनको सुझाव छ ।शरीरलाई आवश्यकभन्दा धेरै खाना खानु र अस्वस्थ खाना खानु मिर्गौला रोगलाई निम्ता दिनु हो भन्छन् डा। ऋषि । फास्टफुडको बढ्दो प्रयोगले पछिल्ला दिनहरूमा मिर्गौला रोगी बढिरहेको निष्कर्ष छ, डा।काफ्लेको । खोजतलास साप्ताहिकले उनीसँग लामो कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँगको कुराकानी ।

डा. साब लकडाउनको यो अवधिमा अहिले दिनचर्य कसरी बितेको छ ?
लकडाउन भएको पनि आज ८५ दिन भइसक्यो । लकडाउनका सुरुका केही दिन सुमेरु अस्तालले ओपीडी बन्द गरेका थियो । पछि बिस्तारै ओपीडी सञ्चालन गरौं । टिम वर्कमा काम गर्न थाल्यौं । कुनै टिमले इन्डोर हेर्ने, कुनै टिमले ओपीडीमा बिरामी हेर्ने गरी मिलायौं । कसैलाई कोरोनाले समातिहाल्यो भने पनि हाम्रो सेवा नरोकियोस भनेर काम ग¥यौं । अहिले धेरै ठाउँबाट बिरामीहरू आइरहेका छन् । अहिले पनि सहज स्थिति बनिसकेको छैन । मिर्गौला प्रत्यारोपण गर्न सकिएको छैन । डायालासीस सेवा दिइरहेका छौं । सुमेरु अस्पतालस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डायालासीस सेवा नियमित छ । मिर्गौलाको डायालासीसका लागि सुमेरुको आइसीयुमा विशेष व्यवस्था छ । हेपाटाइटिस बी भएका, एचआइभी पोजेभिज देखिएका मिगौला बिरामीको पनि हामीले आइसीयुमा डायालासीस गराइरहेका छौं । सुमेरुको टिमले आफू सुरक्षित रहेर क्षमताले भ्याएसम्म म्यासिमम आउटपुट दिएर काम गरिरहेको छ । संक्रमित बिरामी हामी कहाँ नपसोस्, संक्रमितको प्रवेशले अन्य बिरामीलाई संक्रमित नतुल्यायोस भनेर हामीले सावधानी पूर्वक काम गरिरहेका छौं । अस्पताल प्रवेश देखि नै सुरक्षा सतर्कताका प्रावधान लागू गरेका छौ ।

एउटा सामान्य मानिसले मिर्गौला रोग लागेको छ कि छैन भनेर कसरी थाहा पाउन सक्छ ?
मिर्गौला रोग लागे–नलागेको सहजै थाहा हुँदैन । अहिले हामी कहाँ एउटा केश छ । २२ वर्षीय तराईको युवा हामी कहाँ भर्ना भएका छन् । उनलाई सञ्चो नभएको २ हप्ता मात्रै भएको रहेछ । हामी कहाँ आए । हाम्रो परीक्षणले उनका दुबै मिर्र्गौलाले काम गरेको देखाएन । परीक्षण पछि हामीले उनलाई भनेका छौं, तिमी अब डायालासीसमा बस्, फिस्टुला बनाउ, मिर्गौला दाता खोज ताकि ट्रान्सप्लान्ट गराउन सहज होस । तर, उनी हाम्रो कुरा पत्याउँदैन । उनी भन्छन्,‘मलाई केही भएको थिएन । यो कहाँबाट मिर्गौलाको रोग आयो ?’ हाम्रो रिपोर्टले के देखाउँछ भने उनका दुबै मिर्गौला सानो छन्, दुबै मिर्गौला फेल छन् । यो ओभर नाइट त भएको होइन । महिनौदेखि उनका मिर्गौलामा समस्या आयो, तर उनीलाई केही थाहा भएन । उनलाई केही पनि अप्ठ्यारो महसुस भएन । अप्ठ्यारो नभएको मानिस डक्टर कहाँ किन जान्छ ? जाँदैन । न डक्टर कहाँ जान्छ, न चेकअप गर्छ, न कुनै ल्याब टेस्ट गर्छ । त्यसैले मिर्गौला रोग लागेको सहजै थाहा हुँदैन । ती युवा प्रतिनिधिमूलक पात्र हुन् । अर्को पश्चिम तिरको केस छ । सायददैलेख तिरको हुनुपर्छ । एक जना १६ वर्षे युवा स्कुल गइरहेको अवस्थामा अकास्मात वान्ता गर्छन् । अस्पताल गएर चेकअप गराउँदा उसका दुबै मिर्गौलाले काम नगरेको रिपोर्ट आयो । बाबु–आमा के भन्छन् भने हाम्रो छोरोको स्वास्थ्य अवस्था ठिक छ । सामान्य झैं स्कुल जान्थ्यो । स्कुलमापढेर घर फर्कन्थ्यो । कहाँबाटउसलाई मिर्गौलाको रोग लाग्यो भनेर उनीहरू चकित छन् ।

मिर्गौलामा रोग लाग्न ‘एज फ्याक्टर’ को कुनै भूमिका हुन्छ ?
४० वर्ष भन्दा कम उमेरका मानिसमा मिर्गौला रोग (नेफ्राइटिस) हुन्छ । जसको पिसाबबाट प्रोटिन जान्छ । क्रमशः ब्लड प्रेसर बढ्दै जान सक्छ । उसको मिर्गौला बिस्तारै बिग्रन थाल्छ । तर उसलाई केही पनि थाहा हुँदैन । उसको मिर्गौला ८० प्रतिशत बिग्रिए पछि मात्रै उसले थाहा पाउँछ । ५० प्रतिशत मिर्गौला बिग्रिएको कुरा चेकअप गरेपछि आउने रिर्पोटबाट मात्रै थाहा हुन्छ । त्यति बेलासम्म बिरामीलाई केही हुँदैन । ५० प्रतिशत मिर्गौला बिग्रिकै अवस्थामा कोही पनि बिरामी उपचारका लागि आउँदैन किन भने उसलाई रोग लागेको थाहै हुँदैन । हामीमा नियमित अस्पताल गएर चेकअप गर्ने बानी पनि छैन । नियमित प्रेसर, सुगरको औषधि सेवन गर्ने व्यक्तिहरूको पिसाबमा प्रोटिन जान सक्छ । पिसाबमा प्रोटिन जान थाल्नु भनेको मिर्गौलामा समस्या भन्ने हो । सुगर ठिक ठाउँमा राख्न नियमित औषधि खान्छौं । प्रेसरको औषधि नियमित खाए पनि प्रेसर ठिक भएको मानिस धेरै कम छन् । प्रेसर–सुगरले हाम्रो शरीरका महत्वपूर्ण अंगहरू आँखा, मुटु, मिर्गौला, नसा, ब्रेनमा असर गर्छ । पिसाबमा प्रोटिन जान थाल्यो भने मिर्गौला प्रभावित छ भन्ने बुझ्नु पर्छ । मिर्गौलामा प्रभाव प¥यो, तर ड्यामेज भएको छैन भन्ने बुझ्नु पर्छ ।

मिर्गौला बिरामीका समस्या सम्बोधन गर्न सरकारको भूमिका कस्तो पाउनु भएको छ ?
राष्ट्रपतिले सरकारको नीति तथा कार्यकक्रम प्रस्तुत गर्दा ४० वर्ष उमेर नाघेका नेपालीको हकमा छ–छ महिनामा पिसाब र सुगर जाँच्ने भन्नुभयो । तर, यो कुरा अर्थमन्त्रीले बजेटमा समावेश गर्नु भएको देखिएन । यदि राष्ट्रपतिको सम्बोधनले समेटेको विषय सम्बोधन भइदिएको भए मधुमेह भएको व्यक्ति, उच्च रक्तचाप भएको व्यक्तिमा मिर्गौला रोगको पहिचानमा सजिलो हुन्थ्यो । मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूको पिसाबबाट प्रोटिन गएर नै मिर्गौला बिग्रको हो । त्यस्ता मान्छेहरू हृदयघात, स्ट्रोकबाट मृत्यु हुन सक्ने संभावना धेरै बढी हुन्छ । हामी कुरा सुन्छौं, ए त्यो मानिस त हिँड्दा हिँदै वितेछ, हृदयघात भएछ भनेको । देख्दा सामान्य लाग्छ, गम्भीर रोग लागेको थिएन तर मान्छेको अकस्मात मृत्यु भयो भने हामीले बुझ्नु पर्छ उसलाई सामान्य उच्च रक्तचाप र मधुमेह हुन सक्छ । पिसाबमा प्रोटिन गएको कारणले अकस्मात मृत्यु हुन्छ । अरू रोग लाग्दा लक्षण देखा पर्छन् । तर मिर्गौला रोग लागिसक्दा पनि हामी लक्षण थाहा पाउँदैनौ । आफ्नो मिर्गौला स्वास्थ्य भए–नभएको थाहा पाउनका लागि वर्षको एक पटक अनिवार्य रूपमा परीक्षण गराउनै पर्छ । पहिला पहिला तीस वर्ष कटेपछि परीक्षण गर्नुपर्छ भन्ने मान्यता थियो, तर अहिले कलिलै उमेरमापनि मिर्गौला रोगका बिरामीहरू देखिन थालेका कारण जुनसुकै उमेर समूहका मानिसहरूले पनि परीक्षण गराउनु पर्छ ।

सम्बन्धित समाचार