ललितपुर । जनताका समस्या र गुनासोको सम्बोधन गर्न प्रदेश माननीय मीन कृष्ण महर्जन गाउँगाउँ र टोलटोलमा व्यस्त रहेका छन् ।

नेपाली कांग्रेस लोकप्रिय युवा नेता बागमती प्रदेश सदस्य माननीय मीनकृष्ण महर्जनले चुनाव ताका जनतालाई दिएको आश्वासन र जनतासँगै सधैं साथमा रही विकास निर्माणमा सधैं रहने बचनबद्धता दिएको थिए, सोही अनुसार अहिले महर्जन सो बचतवद्धता पूरा गर्न गाउँगाउँ र टोलटोलमा गई जनतालाई प्रत्यक्षरुपमा परेको समस्याको समाधान गर्नतिर लागिपरेका छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रदेश निर्बाचनमा नेता महर्जन सान्दार मतका साथ निर्बाचित भएका थिए । नेता महर्जमाथि ललितपुर क्षेत्र नम्बर १ का जनताले निकै आशा र भरोसा गरेका छन् ।

दोस्रो कर्णालीको रुपमा हेरिने दक्षिण ललितपुर क्षेत्र नम्बर १ लाई नेता महर्जनले आफु जनप्रतिनिधि हुनुभन्दा पहिलैदेखि बागमती प्रदेश र केन्द्रिय सरकार मार्फत् अधिकांस गाउँगाउँ टोलटोलमा बिकास निर्माणको निम्ति बजेट बिनियोजित गर्न सकृय भूमिका निर्वाह गर्दै आइरहेका थिए ।
महर्जनको जनतासँग भिज्ने स्वभाव र जनतालाई परेको समस्या समाधान गर्न अहोरात्र खट्ने स्वभाव भएकै कारण ललितपुर जिल्लाका जनतादेखि लिएर पार्टीका कार्यकर्ताहरुले नेता महर्जनलाई सम्झिने गर्छन् । ललितपुर क्षेत्र नम्बर १ का जनताहरु अधिकांस कृषिमा निर्भर छन् । कृर्षी पेशामा आवद्ध रहेका जनताले उत्पादन गरेको दुध, तरकार सहजरुपमा बजारमा ल्याउनको लागि बाटोको अति आवश्यक रहेको छ । ललितपुर क्षेत्र नं. १ को राष्ट्रिय योजनाको कान्तिलोक, लेले चन्दनपुर सडक निर्माण तत्काल हुनुपर्ने अवस्था रहेको छ ।

ललितपुर क्षेत्र नम्बर १ का जनताहरु सदरमुकाममा ल्याएर दुध, तरकारी, गेडागुडी बिक्रिवितरण गर्दै आइरहेका छन् । उनीहरुको मुख्य आयश्रोत भनेको आफूहरुले उत्पादन गरेको दुध, तरकारी, गेडागुडी बेचबिखन गर्नु नै हो । त्यसैले ललितपुर क्षेत्र नं. १ का जनताको अति आवश्यक रहेको सातदोबाटो चापागाउँ हँुदै हेटौंडा जाने कान्तिलोकपथ र लेले चन्दरपुर हँुदै काभ्रे जाने सडक स्तर उन्नति हुन जरुरी भइसकेको छ । त्यसै कारण ललितपुर क्षेत्र नं. १ बाट प्रदेश सांसद बिजयी भएका नेता महर्जन कान्तिलोकपथ सडक र लेले चन्दनपुर बाटो निर्माणलाई पहिलो प्राथमिकतामा राखी अहोरात्र लागि परेका छन् । महर्जनलगायत जनप्रतिनिधिहरुले कान्तिलोकपथ र लेले चन्दनपुर सडक स्तरोन्नतिका लागि अर्थमन्त्री विष्णु पौडेलसँग भेटघाट गरी बजेट विनियोजनका लागि आग्रह गरेका थिए । सोही अनुसार अर्थमन्त्रीले चाँडै नै कान्तिलोकपथ र लेले चन्दनपुर सडक विस्तारको लािग आवश्यक बजेट विनियोजन गराउने आश्वासन महर्जनलगायतका जनप्रतिनिधिहरुलाई दिएका थिए ।

यसैगरी माननीय महर्जन ललितपुर क्षेत्र नम्बर १ को संस्कृति सम्पदा जोगाउन पनि त्यतिकै लागि परेका छन् । माननीय महर्जनको यस्तो महान कार्य देखेर नेपाली कांग्रेसका शिर्ष नेताहरु माननीय महर्जनप्रति निकै प्रभावित छन् ।

कार्यकर्ताको संरक्षण गर्न माहिर मानिने नेपाली कांग्रेस प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका बिश्वासिला पात्र मानिने नेता महर्जन खुमबहादुर खड्काको जस्तै गुण रहेको आम कार्यकार्ताहरुको बुझाई रहेको छ ।

नेता महर्जन खेलकुद क्षेत्रलाई अति नै माया गर्नेमा अग्रपंक्तिमा रहेका छन् । करातेका पुर्ब अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका महर्जन राष्ट्रिय खेलकुद परिषदका पुर्ब कोषाध्यक्ष समेत हुन् । खेलकुद क्षेत्र मार्फत राजनितीमा प्रबेश गरेका महर्जन नेपाली कांग्रेस ललितपुर जिल्लाको खम्बा नै मानिन्छन् ।