सर्लाही । मधेसका जिल्लाहरुमा भने सीमानाकाबाट निर्बाध तस्करी भइरहेको छ। हरेक सीमानाकामा सुरक्षाकर्मी तैनाथ रहे पनि तस्करीको सामान समातिन नछाडेकोले पनि तस्करी भएको पुष्टि हुन्छ। मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा प्रहरीकै संलग्नतामा तस्करी हुने गरेको छ । सीमाको जिम्मा पाएका प्रहरी अधिकारीहरु नै तस्करीमा संलग्न हुने गरेको स्रोतले जनाएको छ । तराईका केही जिल्लाहरु मध्ये सर्लाहीमा यतिबेला तस्करहरुले आफै शक्ति हातमा लिएर सामान तस्करी गरेका छन् । भारतबाट नेपाल र नेपालबाट भारततिर हुने तस्करीमा झन् वृद्धि भएको छ। कपडा, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी–राँगा, विस्फोटक पदार्थ पटाका लगायतका विभिन्न सामानहरु भारतबाट तस्करीको माध्यमबाट नेपालमा भित्रिने गरेको पाइएको छ। यसै गरी नेपालबाट सुकुमेल, कालो मरिच, सेतो केराउ, मदिरा रक्सी, छहोरा, डिजेल, पेट्रोल, गिटी–बालुवा तथा काठ लगायतका सामानहरु भारततर्फ तस्करीको माध्यमबाट जाने गरेको पाइएको छ। सर्लाहीको नेपालभारत सीमा वारपार क्षेत्रमा सशस्त्र प्रहरीकै सुरक्षाघेरामा व्यापक मात्रामा तस्करी फस्टाएको छ। तस्करीको लागि सर्लाही स्वर्णभूमि बन्न पुगेको छ। नेपाल–भारत जोड्ने सर्लाहीका झन्डै सबै नाकाबाट निर्बाध तस्करी हुने गरेको देखिएको छ। सर्लाहीको बलरा लक्ष्मिपुर, सिमरा फेनहरा, बहादुरपुर, मलंगवाको झिम नदी किनार, त्रिभुवननगर र सग्रामपुर नाकाबाट साँझ परेपछि तस्करी व्यापक मात्रामा मौलाएको स्थानीयको भनाइ छ। सुरक्षाकर्मीहरुको साँठगाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुको रहेको छ।
सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टप्रमुखहरुको मिलोमतो र संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ। सशस्त्र प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको छ । छतौना बेसका इन्चार्ज तथा बलरा उधोरण अर्नाहाका इन्चार्ज सशस्त्रको मिलेमतोमा सर्लाहीको विभिन्न नाकाबाट तस्करी हुने गरेको स्रोतको दाबी छ ।
सर्लाहीको