शाहरुख खानको 'पठान'ले तोड्यो १० नयाँ रेकर्ड

18.5k Shares

एजेन्सी । बलिउडको पठानले १० नयाँ रेकर्ड राखेको छ ।  चार वर्षको अन्तराल र यस्तो धमाकेदार पुनरागमन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन। शाहरुख खानको फिल्मले रिलिजको पहिलो दिनमै बलिउडलाई चकित पारेको छ । पठानले पहिलो दिन भारतमा करिब ५४ करोड रुपैयाँ भारु कमाइ गरेका छन् । हिन्दी सिनेमाको इतिहासमा कुनै फिल्मले रिलिज हुनेबित्तिकै यति ठूलो ओपनिङ गरेको कहिल्यै भएको छैन ।

यो केही होइन, पठानले पहिलो दिनमै अन्य धेरै रेकर्ड तोडेका छन् । अब बलिउडका बादशाह लामो समयपछि पर्दामा देखा परेकाले यस्तो हुन सक्ने सम्भावना छ । पठानले पहिलो दिन कमाईसँगै अन्य कैयौं कीर्तिमान तोडेका छन् । फिल्मले भारतमा ५४ करोड कमाएको छ ।   फिल्मले विश्वभर सय करोडभन्दा बढीको व्यापार गरेको छ ।

भारतमा अहिलेसम्म सबैभन्दा धेरै स्क्रिनमा रिलिज भएको पहिलो फिल्म हो ।  बक्स अफिसमा पहिलो दिनकै सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म   बिदा बाहेकको दिनमा रिलिज हुने र ओपनिङ दिनमा रेकर्ड तोड्ने पहिलो फिल्म हो। 

सम्बन्धित समाचार