ललितपुर । ललितपुर जिल्लाको महानगरपालिकासहित दुईवटा नगरपालिकाका मेयरहरुलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भारइस पोजेटिभ देखिएको छ ।
मेयर महर्जन जनताको सेवामा समर्पित भई लकडाउनको समयमा पनि दिनरात नभनी खटिँदै आएका थिए । सोही क्रममा मेयर महर्जन कोरोना भाइरस संक्रमित भएका हुन् । अहिले महर्जन घरमै आइसुलेसनमा बसी उपचार गराइरहेका छन् ।
गतमंगलबार स्वास्ब संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनको कोरोना भाइरस पोजिटिभ देखिएको हो ।
मेयर महर्जनसहित उहाँका श्रीमती गंगामाया महर्जनमा पनि कोरोना पोजिटिभ देखिएकोले हाल उहाँहरु होम आइसोलेसनमा बसिरहेको मेयर महर्जनले बताएका छन् ।
त्यसैगरी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ । उनलाई संक्रमण भएको पुष्टि महानगरपालिकाका प्रवक्ता राजु महर्जनले गरेका छन् ।
मेयर महर्जन हिजो स्वास्थ्य जाँचका लागि पाटन अस्पताल पुगेका थिए । उनी संक्रमित भएको पुष्टि आज भएको थियो । मेयर महर्जन घरमै आइशोलेशनमा छन् ।
यसअघि ललितपुरकै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । दुवैजना हाल आइशोलेशनमा छन् ।
उता, ललितपुर जिल्ला बचत तथा ऋण सहरकारी संघका अध्यक्ष रामहरि बजगाईलाई पनि कोरोना भाईरस पुष्टि भएको छ । अग्रपक्तिमा रही कार्यालय संचालन गरिरहेका संघका अध्यक्ष रामहरि बजगाई श्रीमती सीता घिमिरेसहित करिव १७ जना कर्मचारी र संघका संचालकहरुको पिसिआर टेष्टको लागि नक्सालस्थित सेन्ट्रल प्याथोलोजी ल्याबमा स्वाब संकलन गरी परिक्षण गरिएको थियो । जसमा अध्यक्ष बजगाई दम्पतीमा कोरोना पोजेटिभ देखिएको छ ।
बजगाईका अनुसार ज्वरो तथा टाउको दुखेपछि स्वाब दिएको र परीक्षक पश्चात पोजिटिभ आएको बताए । बजगाई दम्पती सीता घिमिरे दुबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको र होम आईसुलेसनमा बसेको बजगाईको भनाई छ ।