धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

17.9k Shares

काठमाडौँ, ६ माघ । उपसभामुखको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा विहान साढे १० बजेबाट बैठक चलिरहेको छ ।

कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट उपसभामुख उम्मेदवार उठाउने तयारी छ । उपसभामुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी खडा गर्न खोजेको छ । कांग्रेसबाट ईश्वरी न्यौपानले सभामुखमा उम्मेदवारी दिएकी छन् ।

उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा उम्मेदवारी दिँदैछ ।

सम्बन्धित समाचार