काठमाडौं, ५ असोज । संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित ९क्लिन फिड० बनाउन सरकारलाई निर्देशन दिएको छ ।
आज (सोमबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो ।
नेपालमा विज्ञापन ९नियमन गर्ने० ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि शुरु हुँदैछ । त्यसैले समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड शुरु गर्न निर्देशन दिएको हो ।
नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ । यो ऐनको कार्यान्वयनबाट नेपालमा कति वटा विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् र यसले पार्ने सकारात्मकरनकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन पनि समितिले निर्देशन दिएको छ ।
समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति ९फिड इन० नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।