सुत्दाखेरी मुखबाट र्‍याल बग्ने समस्या छ ? यसरी रोक्नुस्

16.7k Shares

काठमाडौं । मुखबाट –याल निस्कनुका धेरै कारण छन् । कुनै खानेकुराको एलर्जी हुँदा वा औषधिले गर्मी गराउँदा –याल चुहिन्छ ।

यो राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । त्यस्तो समस्या हुँदा तकिया पनि फोहर हुन्छ अनि सँगै सुतेको मानिसका अगाडि लाजमर्दो पनि हुन्छ ।

तर यसलाई रोक्न पनि सकिन्छ । यस्ता छन् उपायः

तुलसीको पात

रातिको खानामा नपच्ने खानेकुरा नखानुस् । अनि सुत्नुअघि दुईतीन तुलसीको पात चपाउनुस् र अलिकति पानी पिउनुस् । दुईतीन दिनसम्म यो उपाय गर्नुभएमा –याल चुहिन छोड्छ ।

फिटकिरी

फिटकिरीको पानीले पनि –यालको समस्याबाट छुटकारा दिलाउँछ । सुत्नुअघि यस्तो पानीले कुल्ला गर्दा मुखमा –याल बन्न पाउँदैन ।

दालचिनी

दालचिनीको चियाले पनि –याल चुहिने समस्यालाई हटाउँछ । दालचिनीको चियामा मह मिसाउनुभएमा अन्य स्वास्थ्य समस्यामा पनि राहत पाइन्छ ।

अमलाको धूलो

अमलाको धूलो मनतातो पानीमा हालेर पिउँदा पनि राति –याल चुहिने समस्या आउँदैन । यसले पेट पनि ठीक राख्छ र एसिडिटीको समस्या पनि आउन दिँदैन । एजेन्सी 

सम्बन्धित समाचार