शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड ओली भेट्न बालकोट जाँदै

20.6k Shares

काठमाडौँ , १० पुष ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक छाडेर निस्किएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि उनी बालुवाटारबाट बाहिरिएका हुन्। उनी एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा प्रचण्ड छलफल गरेका थिए।

तर दुवै नेताले पहिलो कार्यकालमा आफू प्रधानमन्त्री हुन चाहेपछि सहमति हुन सकेको छैन । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको दिनको समय आज सकिँदैछ ।

सम्बन्धित समाचार