गुहेश्वरी मर्चेन्टको लाभांश घोषणा, बोनस कति ?

17.6k Shares

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८र-७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले गत वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चृक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू ९५ करोड ४ लाख रहेको छ । सोही पूँजीको आधारमा रू ६ करोड ६५ लाख २८ हजार बराबरको बोनस शेयर र रू। ३५ लाख १ हजार ४७३ बराबरको नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । 

सम्बन्धित समाचार