नेकपा सचिवालय बैठक स¥यो

18.2k Shares

काठमाडौं, २ असोज । आज (शुक्रबार) का लागि बोलाइएको नेकपाको सचिवालय बैठक दुई दिनपछि सरेको छ ।
आज बस्ने तय भएको बैठक असोज ४ गते आइतबार बस्ने गरी सारिएको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए। ‘आज बस्ने भनिएको बैठक आइतबार बिहान ११ बजे पेरिसडाँडामै बस्नेगरी सारिएको छ,’ उनले भने ।
तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए ।
पेरिसडाँडास्थित कार्यालयमा पार्टीको सचिवालय बैठक बस्न लागेपछि तयारी तिब्र पारिएको छ । पेरिसडाँडाको सबैभन्दा माथिल्लो तलामा बैठक राख्ने तयारी गरिएको छ । तत्कालीन नेकपा–एमाले र माओवादीबीच पार्टी एकीकरण हुनुअघि पुर्व माओवादी केन्द्रका केन्द्रीय तहका बैठक सोही हलमा हुने गरेको थियो ।
 

सम्बन्धित समाचार