ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा बाल विशेषज्ञका रुपमा कार्यरत डा. सुदान रुचालले फिलिपिन्सबाट बाल विशेषज्ञता डिग्री हासिल गरी पा“च वर्षदेखि बच्चाहरुको सेवामा कार्यरत रह“दै आइरहनुभएको छ । जाडो मौशममा बच्चाहरुमा देखिने रोगका विषयलाई लिएर डा. रुचालस“ग खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः
० डा. सा’व तपाईलाई बच्चाकै डाक्टर बन्ने प्रेरणा कसरी मिल्यो ?
वास्तवमा मेरो चाहना भनेको सर्जन बन्ने थियो । तर समय परिस्थितिले मलाई बच्चाकै डाक्टर बन्न बाध्य बनायो । मेरो जीवनमा घटेको घटनाले मलाई बच्चाको डाक्टर बन्ने प्रेरणा मिल्यो ।
० तपाईंको जीवनमा कस्तो घटना घट्यो र बच्चाको डाक्टर बन्ने इच्छा जाग्यो ?
मेरो श्रीमती पहिलोचोटी गर्भवती हुँदा जुम्ल्या बच्चा पेटमा थियो । तर, सात महिना लागेपछि श्रीमतीमा प्रि—इक्ल्याम्पसिया देखिएर श्रीमतीको ज्यानलाई नै खतरा देखिएको कारणले जुम्ल्या बच्चाहरुलाई समय अगावै अप्रेशन गरेर निकाल्नुपर्ने अवस्था सिर्जना भयो । यो घटनाले आफ्नो बच्चा गुमाउँदा कस्तो पिडा हुन्छ भन्ने कुरा आफूले अनुभव गरेँ र त्यसपछि बच्चाकै डाक्टर बन्छु भनी संकल्प गरेँ । अहिले म बच्चाको डाक्टरको रुपमा कार्यरत छु ।
० बच्चाको डाक्टर बन्नका लागि कस्ता समस्याहरुको सामना गर्नुप¥यो ?
बच्चाको डाक्टर बन्नलाई आफूलाई धेरै नै धैर्यवान बन्न पर्दोरहेछ । सोही अनुसार मैले फिलिपिन्समा गई तिन वर्ष पिडियाट्रिक्समा रेसिडेन्सी गर्ने मौका पाएँ । तर, विदेशमा अध्ययन गर्दा भाषाको समस्याले गर्दा पनि आफूलाई धेरै नै समस्याहरुको सामना गनुप¥यो । मैले आफ्नै बच्चा गुमाउँदाको पिडालाई सम्झेर दुःख कष्ट सहेर भए पनि आफ्नो अध्ययन पुरा गरेर नेपाल फर्किएँ । नेपाल फर्केपछि मैले सुरुमा विराटनगरको नोबेल मेडिकल कलेजमा दुई वर्ष लेक्चररको रुपमा कार्यगर्ने मौका पाएँ । यो अवधिमा नेपालमा कसरी बाल रोग सम्बन्धी धेरै अनुभवहरु बटुल्ने मौका पाएँ । त्यसपछि आफ्नो घर ललितपुर भएको हुनाले यत्तैतिर फर्किँए । त्यसपछि आफ्नो भेगमा भएको सुमेरु अस्पतालमा कार्यगर्ने अवसर मिल्यो र अहिले यसै अस्पतालमा रही बच्चाहरुको सेवा गर्न पाउँदा आफूलाई निकै नै गर्वावन्वीत महशुस गरेको छु ।
० सुमेरु अस्पतालमा कस्ता खोले बिरामी बच्चाहरु आउने गर्छन् ?
सुमेरु अस्पतालमा विशेष गरी दक्षिण ललितपुर भेगका बच्चाहरु उपचारका लागि आउने गर्छन् । दक्षिण ललितपुरका विकट गाउँहरुका बच्चाहरु सामान्य उपचार विधिबाट रोग निको नभएपछि विशेषज्ञ परामर्शका लागि रिफर भएर सुमेरु अस्पताल आउने गछन् । यो भेगलाई लक्षित गरी सुमेरु अस्पतालले विरामी बच्चाहरुको उपचारका लागि बहिरंग र अन्तरंग दुबै सेवाहरु उपलब्ध गराएको छ । साथै नर्मल डेलिभरी र सिजिरियन सेक्सन गरी जन्मिएका नवजात शिसुहरुका लागि नर्सरी र एनआईसीयुको व्यवस्था पनि सुमेरुले गरेको छ ।
० जाडोमा बच्चाहरुलाई कसरी बचाउन सकिन्छ ?
जाडोको मौशममा बच्चाहरुलाई हुने मुख्य समस्या भनेको भाइरल डाइरिया, भाइरल रुघाखोकी, स्वासप्रश्वास सम्बन्धी समस्या जस्तै ब्रोङ्किओलाइटिस, भाइरल राइनाइटिस, आस्मा भएको विरामीहरुलाई स्वास्प्रश्वासमा समस्या, निमोनियाजस्ता भाइरल समस्याहरु अरु मौशममा भन्दा बढी देखिन्छ ।
० बच्चाहरुलाई चाँडै नै निमोनियाले छुने कारणहरु के होला ?
निमोनिया भन्नाले फोक्सोमा इन्फेक्सन भएको बुझिन्छ । यो सामान्यदेखि लिएर गम्भीर प्रकृतिको सम्म हुनसक्छ । निमोनियाका लक्षणहरु जस्तै १०० डिग्री ँ फरेन हाइट, छिटो छिटो सास फेर्ने, कोखा हान्ने, सास फेर्दा घ्यार घ्यार सुनिने, खोकी लाग्ने, खाना रुचि कम हुने, अरु बेलाजस्तो फुर्तिलो नहुने जस्ता लक्षणहरु देखिन्छ । बच्चामा यस्तो लक्षण देखिएको खण्डमा तुरुन्छ चिकित्सकसँग परामर्श लिई चिकित्सकको सल्लाहअनुसार औषधीहरु प्रयोग गर्नुपर्ने हुन्छ । सामान्य निमोनियाका लागि घरमै औषधी उपचार गरी निको पार्न सकिन्छ तर, गम्भीर प्रकृतिको निमोनियालाई अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने हुन्छ । गम्भीर प्रकृतिको कतिपय निमोनियाका रोगीहरुलाई भने आईसीयु र भेन्टिलेटरमा राखेर पनि उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।
० बच्चाहरु आफूलाई भएको समस्या बताउन नसक्ने भएका कारण बच्चाहरुको रोग कसरी पहिचान गर्न सकिन्छ ?
बच्चाको डाक्टरहरुले बच्चाको अधिकांश हेरविचार गर्ने अभिभावकले दिएको जानकारी अनुसार र बच्चालाई जाँच गर्दा आफूले पत्ता लागेको र देखेको कुराहरुबाट कुन रोग हुने सम्भावना छ भन्ने कुरा निदान गरिन्छ । त्यसो हुनाले बच्चाको बारेमा राम्रोसँग जानकारी भएको व्यक्तिले नै बच्चालाई डाक्टरकोमा ल्याउँदा बच्चाको रोगको सही निदान गर्न डाक्टरलाई सजिलो हुन्छ ।
० भाइरल डायरिया भएको खण्डमा बच्चाको कसरी उपचार गर्न सकिन्छ ?
भ्mाडा पखालाको मुख्य उपचार भनेकै शरीरमा पानीको मात्रा कम हुन नदिनु हो । यसको लागि पर्याप्त पानी र जीवन जल खुवाउनुपर्छ । झाडा पखाला लागेका बच्चाहरुको मुख्य समस्या भनेको डिहाइड्रेशन अथवा शरीरमा पानीको पात्रा कम हुनु हो । यसको लक्षणहरु भनेको बच्चाको तालु सुक्ने, जिब्रा ओठ सुख्खा हुने, पिसाव कम हुने, बच्चा धेरै झिझिने हुन्छन् । भाइरल डायरिया भएका बच्चालाई एन्टीवायोटिक प्रयोग गर्न हुँदैन । बच्चालाई १० दिनको लागि जिङ्क औषधी र प्रोवायोटिकको प्रयोगले झाडापखालाको अवधिलाई कम गर्दै लान्छ । डिहाइड्रेशन भएका बच्चाहरुले बारम्बार उल्टी गरेमा र मुखबाट खान नसकेको अवस्थामा अस्पतालमै भर्ना गरी नशाबाट पानीहरु दिई उपचार गर्नुपर्छ ।
० जाडोमा बच्चाहरुलाई रुखा खोकीले सताउने गर्छ, यसको लागि उपचार विधि के होला ?
जडोमा हुने रुघाखोकी प्रायः भाइरलकै कारण हुन्छ । त्यसैले तुरुन्त चिकित्सकको परामर्श विना एन्टीबायोटिकहरु खुवाउनु हुँदैन । सामान्यतया स्वस्थ बच्चामा भाइरल रुघाखोजी ५—७ दिनमा आफै कम हुँदै जान्छ । तर, लगातार ज्वरो आएमा, बच्चालाई खाना रुचि कम भएमा अथवा स्वास प्रश्वासमा समस्या देखिएमा चिकित्सकसँग तत्कालै परामर्श लिनुपर्ने हुन्छ । त्यसपछि बच्चाको अवस्था हेरेर उपचार विधि अप्नाइन्छ ।
० बच्चाहरुलाई जाडोमा आउने स्वास्थ्य समस्याबाट कसरी बचाउन सकिन्छ ?
पहिलो त मौशम अनुसारको लुगा लगाउनुप¥यो । विशेष गरी जाडो मौशममा बच्चा बस्ने कोठा न्यानो खाले हुनुप¥यो । तर, न्यानो पार्ने भन्दैमा झ्याल ढोका बन्द गरी कोठामा ओगो वा कोइला बाल्नु हुँदैन । यसले गर्दा कोठामा अक्सिन कम भई बच्चा बेहोस हुने अवस्था प्रबल हुन्छ । सकेसम्म ह्यालोजन हिटर प्रयोग गर्नु राम्रो हुन्छ ।
० जाडोमा कुन उमेर समूहका बच्चाहरुलाई स्वाश प्रश्वाससम्बन्धी समस्या देखिन्छ ?
जडोमा प्रायःजसो दुई वर्षभन्दा मुनिका बच्चाहरुलाई स्वाश प्रश्वासको समस्या देखिने गर्छ । यो उमेरका बच्चाहरुको स्वासको नली पूर्णतया विकसित नभएका कारणले ठूलो बच्चाहरुको भन्दा अलि साँघुरो भएको कारणले गर्दा घ्यार घ्यार हुने समस्या बढी देखिन्छ । गर्मी मौशममा भन्दा जाडो मौशममा भाइरल इन्फेक्सन धेरै हुने भएको कारणले पनि श्वास प्रश्साव सम्बन्धी समस्या दुई वर्षभन्दा मुनिका बच्चाहरुलाई देख्ने गर्छ ।
० अन्तिममा भन्नै पर्ने कुराहरु केही छन् कि ?
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बच्चाहरुमा लक्षण खासै देखिँदैन । तर, अहिलेको अवस्थामा एमआईएससी (ःक्ष्क्(ऋ) मल्ट्र सिस्टम इन्फ्लोमेटरी सिन्ड्रोम इन चिल्ड्रेन भन्ने रोग बच्चाहरुमा प्राणघारतकका रुपमा देखिएको छ । नेपालमा पनि केही बच्चाहरुमा देखिएको कारणले सचेत हुनु आवश्यक देखिएको छ । बच्चाहरुमा ओठ चिरा पर्ने, शरीरमा डाबरहरु देखिने, ज्वरो आउने, बच्चा टाठो नहुने, हातखुट्टा सुन्निने अवस्थाको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीसँग मरामर्श गर्न उचित हुन्छ ।