बैंकहरूमा एक सातामा थपियो चार अर्ब निक्षेप, कर्जा प्रवाह पनि बढ्यो

20.8k Shares

काठमाडौं । एक साताको अवधिमा वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार मंसिर २ गतेदेखि ९ गतेसम्म बैंकहरुमा सो बराबरको निक्षेप थपिएको हो । 

बैंकर्स संघका अनुसार मंसिर २ गतेसम्म बैंकहरुमा ४५ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप मंसिर ९ गतेसम्म आइपुग्दा ४ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । 

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुले कर्जा प्रवाह पनि बढाएका छन् । मंसिर २ गतेसम्म बैंकहरुले ४२ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । मंसिर ९ गतेसम्म आइपुग्दा उक्त कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २२ अर्ब रुपैयाँमा  सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।   

सम्बन्धित समाचार